News Portal

रतुवामाईको लक्ष्मी आधारभूत विद्यालयमा कार्यालय सहयोगी पदमा नातागोता नियुक्त गरिएको आरोप

रबिन्द्र बराल
१८९ पटक

मोरङ, जेठ ७ – रतुवामाई नगरपालिका–४ स्थित २०१४ सालमा स्थापना भएको श्री लक्ष्मी आधारभूत विद्यालय, सिघाडीमा कार्यालय सहयोगी नियुक्ति प्रक्रियामा नातागोता तथा आफन्तलाई रोजेको भन्ने आरोप बाहिरिएको छ।

विद्यालयमा विगत लामो समयदेखि कर्मचारी अभावका कारण कामकाजमा समस्या भएको थियो। यसबारे पटक–पटक नगरपालिका समक्ष जानकारी गराएपछि नियुक्ति प्रक्रिया अगाडि बढाइए पनि अहिले अन्य उम्मेदवारहरूले नियुक्ति प्रक्रिया निष्पक्ष नभएको भन्दै विरोध जनाएका छन्।

विद्यालय व्यवस्थापन समितिको २०८१ माघ २३ गतेको निर्णयअनुसार तथा रतुवामाई नगरपालिका शिक्षा शाखाबाट २०८१ माघ ३ गते विज्ञापन गर्ने अनुमति प्राप्त भएपछि विद्यालयले करार सेवाबाट कार्यालय सहयोगी पद पूर्ति गर्न सार्वजनिक सूचना जारी गरेको थियो। उक्त विज्ञापनअनुसार कार्यालय सहयोगी पदका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी माग गरिएको थियो। तर आवेदन दिने उम्मेदवारहरूमा ब्याचलरदेखि प्लस टु सम्म उत्तीर्ण गरेका युवा–युवतीहरू थिए।

एक जना पदका लागि आशा कुमारी सरदार, पंचाली कुमारी सिंह, चिन्ता कुमारी गंगाईर, पदमा कुमारी सिंह, ज्ञानु कुमार मण्डल, पशुपति मण्डल, सुशील पोखेल, मनुका अधिकारी दाहाल, र चन्द्रा पाठक (भेटवाल) गरी ९ जनाले आवेदन दिएका थिए।

नगरपालिकाले जेठ ५ गते सिजुवा माध्यमिक विद्यालयमा वस्तुगत प्रश्नमा आधारित लिखित परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा स्थानीय पंचाली कुमारी सिंह मात्र उत्तीर्ण भएकी थिइन्। बाँकी ८ जना उम्मेदवार वस्तुगत परीक्षा उत्तीर्ण नभएको भन्दै तिनीहरूलाई थप परीक्षामा सहभागी गराइएको थिएन। शिक्षा शाखाका प्रमुख रविन्द्र पण्डितका अनुसार सफल उम्मेदवारलाई बाँकी चरणका परीक्षा (अन्तर्वार्ता आदि) लिई नियुक्ति गरिएको हो।

स्थानीय अभिभावकहरूले बताए अनुसार, विद्यालय स्थापना भएपछिका केही वर्ष कक्षा ८ सम्म पढाइ हुन्थ्यो तर पछिल्लो समय घट्दै गई हाल कक्षा ५ सम्म मात्र पढाइ हुँदै आएको छ। हाल विद्यालयमा बालकक्षा देखि कक्षा ५ सम्म जम्मा १०४ जना विद्यार्थी छन्। प्रधानाध्यापकसहित ७ जना शिक्षक कार्यरत छन् भने १ जना दरबन्दी रिक्त रहेको र कार्यालय सहयोगीसहित कुल ९ जना कर्मचारी कार्यरत छन्।

विद्यालयमा गरिब तथा अति विपन्न वर्गका बालबालिकाहरू मात्रै अध्ययन गर्छन्। स्थानीय रामकुमार सुतिहारका अनुसार, विद्यालयमा गत वर्ष १२० विद्यार्थी रहे पनि २७ दिन लामो शिक्षक आन्दोलनका कारण धेरै विद्यार्थी अन्य विद्यालयमा सरेका छन्। विद्यालयका प्रधानाध्यापक कुमार कठेतका अनुसार आन्दोलनका कारण पठनपाठनमा केही असर परे पनि अहिले सबै घण्टीमा कक्षा सञ्चालन हुने गरेको र गृहकार्य पनि नियमित रूपमा जाँच गरिने उनले बताए।

तर, कक्षा ५ मा अध्ययनरत विद्यार्थी प्रिन्स कुमार सरदारका अनुसार, “हामीलाई दुई घण्टी मात्रै पढाइ हुन्छ। शिक्षकहरूले मोबाइल हेरेर बस्ने गर्नुहुन्छ, हामीले गरेका गृहकार्य पनि जाँच हुँदैन।”

यसबारेमा विद्यालय प्रमुख कुमार कठेतले भने, “हामीले सबै घण्टी पढाउने गरेका छौं। गृहकार्य पनि नियमित रूपमा जाँच गर्छौं। केही समयको समस्या भए पनि अहिले स्थिति सामान्य बन्दै गएको छ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...