News Portal

प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

३०९ पटक

दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि आफ्नै विद्यालयका विद्यार्थीलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ।

कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतलाई सोमबार चौधरीले कार्यकक्षमै लगेर काठको भाटोले पिटेको पीडितका पिता जितबहादुर राउतले जानकारी दिएका छन्। घर फर्किएपछि सुरुमा केही नभनेको बालक राति छटपटी गरेर सुत्न नसकेपछि शरीर हेर्दा दुवै तिघ्रामा निलडाम र घाँटीमा चोट भेटिएको उनले बताए।

अर्को दिन चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा परीक्षण गर्दा पिडितको शरीरमा रगत जमेको र मासु च्यातिएको रिपोर्ट आएको छ। अहिले पनि बालकले सहजै हिँड्न नसकेको तथा घुँडामा समस्या देखिएको परिवारको भनाइ छ।

घटनाबारे बुझ्दा सोमबार विद्यालयमा तीज विशेष कार्यक्रम भइरहेको समयमा केही विद्यार्थी खेल्ने क्रममा प्रिन्सिपल चौधरीकी छोरीलाई ढुङ्गा जस्तै वस्तुले चोट लागेको थियो। अन्य विद्यार्थीहरूले रञ्जितलाई दोष लगाए पनि उनले अस्वीकार गरेपछि चौधरी आक्रोशित भई कुटपिट गरेको आरोप लागेको हो।

यस विषयमा प्रिन्सिपल चौधरीले समेत आफूले कुटपिट गरेको स्वीकार गर्दै यो घटना नियतवश नभई भवितव्य भएको बताए। उनले भने, “ढुंगाले खेल्दा मेरी छोरीलाई चोट लाग्यो। अरुले रञ्जितलाई दोष देखाए तर उसले ढाँट्यो। त्यसपछि आक्रोशमा आएर पिटेँ। अबदेखि कहिल्यै यस्तो नगर्ने बाचा गर्छु।”

पीडित परिवारले यस विषयमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएका छन्। प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले दुवै पक्षलाई छलफलका लागि बोलाइएको र पीडितको चाहना अनुसार कानुनसम्मत कारबाही गरिने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...