News Portal

भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

११९ पटक

काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर सुरु हुँदैछ। पहिलो चरण उत्पादनमूलक क्षेत्रका आवेदकका लागि सञ्चालन हुने परीक्षामा ६७ हजार २९७ जना सहभागी हुने भएका छन्। परीक्षा माघ २७ गतेसम्म निरन्तर चल्ने कार्यक्रम छ।

ईपीएस शाखाका अनुसार कुल एक लाख २ हजार ५६४ जनाले यसपटक आवेदन दिएका थिए। शाखाले साउन २६ देखि ३१ गतेसम्म फारम खुला गरेको थियो।

यस वर्ष करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुने अनुमान गरिएको छ। उत्पादनमूलक क्षेत्रमा लगभग ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा करिब १ हजार ८०० जना पास हुने अपेक्षा गरिएको शाखाले जनाएको छ।

भाषा परीक्षा दैनिक पाँच सिफ्टसम्म सञ्चालन हुनेछ।

नेपाल र दक्षिण कोरियाबीच २००७ मा भएको सहमतिनुसार ईपीएसमार्फत कामदार लैजाने प्रक्रिया २००८ देखि सुरु भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...