News Portal

  • गर्भवती महिलालाई रेडियसन इमेजिंग कति सुरक्षित ?

    तिर्थराज अधिकारी
    ८२६ पटक

                                      (तिर्थराज अधिकारी)

    हिमालीसंचार (एचएससी)। बिरामीको उपचारको क्रममा अस्पतालहरुमा बिरामीको रोग पत्ता लगाउने क्रममा बिभिन्न इमेजिंग उपकरणहरु प्रयोग हुन्छन। ति मध्ये, एक्स-रे, सिटी-स्क्यान, इन्टरभेन्सनल रेडीयोग्राफी-फोलोरोस्कोपी, मेमोग्राम, हड्डीको घनत्वो पत्ता लगाउन प्रयोग गरिने बोन-डेन्सिटो मिटर, न्युकिलियर मेडिसिनको इमेजिंग उपकरणहरु; गामा-क्यामेरा, सिङ्गल फोटोन उत्सर्जन गणना टोमोग्राफी र पोजिट्रोन उत्सर्जन टोमोग्राफीले बिरामीमा उलेख्य विकिरण डोज फाल्ने गर्दछन।

    एमआरआइ, भिडियो एक्सरे र इलेक्ट्रोकार्डियोग्रामले बिरामीमा विकिरण डोज दिदैनन। त्यस्तै क्यान्सर उपचारको लागि प्रयोग हुने रेडियो-आइस्शोटोप, जस्तै; आयोडिन १३१-I, मेडिकल लिन्याक, कोबाल्ट- ६० रेडियो-आइस्शोटोप र ब्राकिथेरापीमा प्रयोग हुने रेडियो-आइस्शोटोपले बिरामीमा उल्लेख्य मात्रामा रेडियसन डोज दिने गर्छन। उक्त रेडियसन डोजले बिरामीमा उल्लेख्य असर गर्न सक्छ भने सो डोजको कारण विकिरणद्वारा हुने क्यान्सर हुन् सक्दछ।

    कुनै पनि बिरामीको इमेजिंग गर्दा उपकरणमा निर्देशित मानहरु प्रयोग गरिन्छ। यति नै रेडियसन डोजले क्यान्सर गराउदछ भनेर भन्न त सकिदैन तर रेडियसनको डोजको मात्र बढ्यो भने तेस्को असर तुरुन्तै वा केहि घण्टा वा दिनमा देखिन सुरुहुन्छ। जस्तो छाला रातो हुने-जलेको जस्तो देखिने, रौ खुइलिने, वाकवाकी लाग्ने, बान्ता हुने, जस्ता लक्षण तत्काल देखिन्छन भने समयप्रान्त क्यान्सर हुने सम्भावना हुन्छ।

    गर्भवती महिला र गर्भमा रहेको बच्चा रेडियसनसंग संबेदनशिल हुन्छन। गर्भ-धारण भएको आठ देखि पन्ध्र हप्ताको समयलाई अति संबेदनशील अवधि मानिन्छ। महिला-पुरुषबीच संसर्ग भएको नवौ दिनमा भूर्ण महिलाको गर्भाशयको भित्तामा आइपुग्छ फलोपियन नली मार्फत। यो समयमा महिलालाई आफु गर्भवती भएको थाहा नहुन सक्छ। यस्तो अवस्थामा महिलालाई कुनै कारण एक्सरे वा सिटि-स्क्यान गर्दा महिलाको गर्भासयमा उल्लेख्य रेडियसन डोज पर्न जान्छ र त्यो डोज भूर्णमा पर्न गइ भूर्णको मृत्यु हुन सक्दछ। त्यो अवस्थामा यदि भूर्ण बच्यो भने सामान्यतया स्वस्थ बच्चा जन्मिन्छ। भूर्ण बसेको दशौ दिनदेखि ६ हप्तासम्ममा यदि महिला उल्लेख्यमात्रामा रेडियसनको संसर्गमा आयमा भूर्णमा बिभिन्न समस्या देखापर्नसक्छन। यो अवधिमा रेडियसन डोजको मात्र भूर्णमा पर्न गएमा भूर्णको मृत्यु हुनसक्छ। त्यस्तै भूर्णको ब्रिधि सुस्त हुन जान्छ भने यो अवस्थाबाट बचेको भूर्ण जन्मिदा शरीरको कुनै अंग नहुने, टाउकोको आकार फरक हुने जस्ता समस्या हुन् सक्दछन।

    गर्भास्थाको ६ हप्तादेखि बच्चा नजन्मिउन्जेल सम्म उल्लेख्य रेडियसन डोजसंग संसर्ग भएमा बच्चाको वृद्धिमा असर पर्दछ। जापानको हिरोसिमा र नागासाकी बम हमलामा बचेका महिलामा भएका अनुसन्धान अनुसार यदि गर्भवती महिलाको गर्भासय भागमा उल्लेख्य मात्रको रेडियसन डोज पर्न गएमा जन्मिने बच्चामा मुख्यतया टाउको सानो भएको र मानसिक मन्दता भएको बच्चा जन्मिन्छ। उक्त अनुसन्धान अनुसार यदि गर्भवति महिला गर्भ भएको १५ हप्ता भित्र रेडियसनकोसंग संसर्ग भएमा सानो आकारको टाउको भएको बच्चा जन्मिन्छ। यदि भूर्ण अवस्थामा तिन सय मिलिसिभर्ट वा सो भन्दा माथिको रेडियसनको मात्र पर्न गएमा यस्तो समस्या हुने गर्दछ।

    त्यस्तै, सोहि मात्रको रेडियसन डोजले ८ देखि १५ हप्ताको अवधिमा पर्न गएमा मस्तिष्कको वृद्धिमा असर पर्न गई मन्दबुद्दि भएको बच्चा जन्मिछ। अन्तर्राष्ट्रिय विकिरण संरक्षणमा आयोगका अनुसार यदि यो अवधिमा १ सय मिलिसिवर्ट डोज भन्दा कम डोज परेमा बच्चाको दिमागी असर देखिदैन।

    यी बाहेक उलेख्य रेडियसनको मात्र पर्न गएमा, स्पाइना बिफिडा अर्थात् कन्डालोमा फोका निस्किने, खुम्चियको वा घुमेको खुट्टा हुने, टाउकोको हड्डीमा असर परेको वा अस्थिकरण भएको, बाङ्गो हात हुने, टाउको भित्र हुने तरल पदार्थमा असर पर्ने, कपालको रौ जाने, आखा डेरो हुने र अन्धो हुने जस्ता समस्या आउन सक्दछन। विकिरणसंग संसर्ग पश्चात जन्मिएका बच्च्चाहरुमा रक्त क्यान्सर पनि देखिएको पाइएको छ।

    यी समस्याहरुबाट बच्न अन्तर्राष्ट्रिय मान्यता अनुसार यदि महिला गर्भवति भएको थाहा भएमा महिला वा भूर्णले पाउने रेडियसन डोजको मात्रा प्रति महिना ०.५ मिलिसिवर्ट भन्दा कम हुनुपर्दछ भने पुरै गर्भास्थामा एक मिलिसिवर्ट भन्दा कम रेडियसनको मात्रा हूनुपर्दछ। खासगरी अस्पतालको रेडियोलोजी, थेरापी र न्युकिलियर मेडिसिन भिभागमा कार्यरत महिला यस्तो जोखिममा हुन्छन।

    साथै, पति-पत्नीबीच संसर्ग भएको र आफुलाई गर्भ भएको शंका लागेमा कुनै पनि विकिरणजन्य उपकरणबाट रोग डाइगोनोसिस गर्न जादा डाक्टरलाई यो सम्बन्धमा प्रस्ट भन्नुपर्छ। १ देखि नौ दिनसम्ममा महिलाको गर्भासयमा हुने अन्ड ब्लास्टोसाइट्स प्रत्यारोपण हुन्जेल अति संबेदनशील हुन्छन। त्यस्तो बेला एक्सरे वा सिटि गरेमा त्यो अन्डको मृत्यु हुनसक्छ। यसले गर्भाधारणमै असर पुर्याउन सक्छ। रेडियोथेरापी उपचार भैरहेको समयमा गर्भधारण गर्नु हुदैन। त्यस्तै, रेडियोथेरापी उपचार गरेपश्चात कम्तिमा ६ महिना गर्भधारण गर्नु हुदैन। न्युकिलियर मेडिसिन इमेजिंग वा थेरापी उपचार गर्भास्थमा सम्भवत: गर्नु हुदैन।

    तसर्थ, यदि आफुलाई गर्भवति भएको शंका लागेमा एक्सरे वा सिटि गर्नु पुर्ब आफु गर्भवति छु/छैन भनि जाच गर्नुपर्छ। त्यस्तै भूर्णलाई जति सक्दो रेडियसन पर्नबाट जोगाउन पर्दछ। भूर्णमा रेडियसन पर्न नदिन इमेजिंगको बेला सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ। यदि ८ देखि १५ हप्ताको अवधिमा गर्भवति महिलाले १ सय मिलिसिवर्ट भन्दा बढी डोज पाएमा वा गर्भास्थाको अवधिभर २ सय मिलिसिवर्ट भन्दा बढी रेडियसन डोज पाएको अस्वथामा बिरामीले गर्भपतन गर्नुपर्ने सम्भावना हुन्छ।

    – तिर्थराज अधिकारी, PhD candidate
    International certified Radiation Oncology Physicist
    रेडियसन ओन्कोलोजी विभाग
    मेडिकल स्कूल
    मिनेसोटा विश्वविद्यालय, अमेरिका।

    प्रतिकृया दिनुहोस्

    कागबेनीमा विद्यार्थी सवार बस दुर्घटनामा २१ जना घाइते

    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१...

    आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३०...

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal