News Portal

  • फ्रिजको पानी, धेरै छन् हानी: डा. हेमराज कोइराला

    हिमालीसंचार संवाददाता
    ६५१ पटक

    गर्मीको महिना लागेपछि हामी मध्ये अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौं । गर्मीमा शितलता प्रदान गर्ने भएकाले धेरैले फ्रिजको पानी पिउने गरेका छन्। तर, फ्रिजको चिसो पानीले शितलता त दिन्छ नै साथै अनेकौ स्वास्थ्य समस्याहरू पनि दिएर जाने गर्दछ।  यसर्थ चिसो पानी पिउनु पूर्व यसले  गर्ने निम्न लिखित हानीहरूको विषयमा पनि जान्न आवश्यक छ।

    के के छन हानी?

    १. पाचन समस्याः चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ। चिसो पानी वा कोल्ड्रिङ्कसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन। फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ। 

    यसैगरी पाचन ईन्जाईमहरूको उत्कृष्ट कार्यकालागि आवश्यक पर्ने उपयूक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा ईन्जाईमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ। यसै चिसो पानीको शेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्नकालागि शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ। जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ। यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछन। 

    २. हृदयगती कमहुनेः चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ। भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ।

    ३. शक लाग्न सक्छः कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ। यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ। कडा श्रम पश्चात चिसो पानी पिउदा शरीरले परिश्रमकम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिनेहुँदा शक लाग्न सक्दछ। यसैगरि श्रमका बेलामा पिईएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवस्था समेत आउन सक्दछ।

    ४. तौल बढाउनेः चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ। फलतः बोसो पग्लिने क्रिया प्रभावित हुनजाँदा तौल बढ्ने र भूँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ। 

    ५ प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्नेहुदाँ हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ। 

    ६. रोगको लक्षणहरू बढाउनेः चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी र माईग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ।

    (डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...