News Portal

फ्रिजको पानी, धेरै छन् हानी: डा. हेमराज कोइराला

हिमालीसंचार संवाददाता
७१० पटक

गर्मीको महिना लागेपछि हामी मध्ये अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौं । गर्मीमा शितलता प्रदान गर्ने भएकाले धेरैले फ्रिजको पानी पिउने गरेका छन्। तर, फ्रिजको चिसो पानीले शितलता त दिन्छ नै साथै अनेकौ स्वास्थ्य समस्याहरू पनि दिएर जाने गर्दछ।  यसर्थ चिसो पानी पिउनु पूर्व यसले  गर्ने निम्न लिखित हानीहरूको विषयमा पनि जान्न आवश्यक छ।

के के छन हानी?

१. पाचन समस्याः चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ। चिसो पानी वा कोल्ड्रिङ्कसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन। फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ। 

यसैगरी पाचन ईन्जाईमहरूको उत्कृष्ट कार्यकालागि आवश्यक पर्ने उपयूक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा ईन्जाईमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ। यसै चिसो पानीको शेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्नकालागि शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ। जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ। यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछन। 

२. हृदयगती कमहुनेः चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ। भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ।

३. शक लाग्न सक्छः कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ। यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ। कडा श्रम पश्चात चिसो पानी पिउदा शरीरले परिश्रमकम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिनेहुँदा शक लाग्न सक्दछ। यसैगरि श्रमका बेलामा पिईएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवस्था समेत आउन सक्दछ।

४. तौल बढाउनेः चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ। फलतः बोसो पग्लिने क्रिया प्रभावित हुनजाँदा तौल बढ्ने र भूँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ। 

५ प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्नेहुदाँ हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ। 

६. रोगको लक्षणहरू बढाउनेः चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी र माईग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ।

(डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

प्रतिकृया दिनुहोस्

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...