News Portal

पर्यटक लोभ्याउँदै हिमालसँग जोडिएको बागलुङको भकुण्डे

६७९ पटक

बागलुङ : मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा । बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ ।

जहाँबाट २२ भन्दा बढी चुचुरा अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको बेलामा त झन हिमाली दृश्य मनमोहक देखिन्छ । पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । दुई हजार ३०० मिटर उचाइमा बनेको ‘भ्युटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ ।

गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुछ«ेलगायतका हिमाल त्यहाँबाट देखिन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्तयाम हो । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरबास कार्यक्रम चल्यो । नयाँ गन्तव्य पहिचान भयो । अनि त्यसको प्रचारप्रसार भयो । विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँमा फेरियो ।

पहिले भकुण्डेलाई धेरै हिमाल देखिने ठाउँका रुपमा मात्र चित्रित गरिन्थ्यो । पछि यहाँको पर्यटनमा नयाँ गन्तव्यसहितका विविधता थपिँदै गएका हुन् । घरबास, ‘भ्युटावर’ बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदिले भकुण्डेका पर्यटकीय गन्तव्यले यहाँको बसाइँ र विविधतालाई थपेको छ ।

हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटक भकुण्डेलाई रोज्छन् । “हिमशृङ्खला यहाँको मुख्य आकर्षण हो”, स्थानीयवासी मनोज थापाले भन्नुभयो, “एकैसाथ दर्जनौँ हिमाल हेर्न पाइन्छ ।” घरबासबाट २० मिनेटको पैदलयात्रामा मूलाबारीमा रहेको ‘भ्युटावर’ पुग्न सकिन्छ । सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्युटावर’ पुग्छन् । पर्यटकीय याममा दैनिक सयौँ पर्यटक भकुण्डे आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “धेरै आन्तरिक पर्यटक छन्, विदेशी पर्यटक पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो ।

पर्यटकलाई आकर्षित गर्न विसं २०६८ देखि भकुण्डेमा घरबास कार्यक्रम चलाइएको छ । अहिले नौ घरमा घरबास सञ्चालित छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा घरबास चिनिएको छ । घरबास गाउँमा दैनिक १०० भन्दा बढी पाहुना राख्ने क्षमता छ । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराउने गरिएको छ ।

“स्थानीय उत्पादनबाट बनेको परिकार खुवाउँछौँ”, अध्यक्ष थापाले भन्नुभयो । खाना, खाजासहित एक रात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ ।

घरबास आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरबासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेका छन् । रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...