News Portal

  • पर्यटक लोभ्याउँदै हिमालसँग जोडिएको बागलुङको भकुण्डे

    ५१७ पटक

    बागलुङ : मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा । बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ ।

    जहाँबाट २२ भन्दा बढी चुचुरा अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको बेलामा त झन हिमाली दृश्य मनमोहक देखिन्छ । पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । दुई हजार ३०० मिटर उचाइमा बनेको ‘भ्युटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ ।

    गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुछ«ेलगायतका हिमाल त्यहाँबाट देखिन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्तयाम हो । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरबास कार्यक्रम चल्यो । नयाँ गन्तव्य पहिचान भयो । अनि त्यसको प्रचारप्रसार भयो । विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँमा फेरियो ।

    पहिले भकुण्डेलाई धेरै हिमाल देखिने ठाउँका रुपमा मात्र चित्रित गरिन्थ्यो । पछि यहाँको पर्यटनमा नयाँ गन्तव्यसहितका विविधता थपिँदै गएका हुन् । घरबास, ‘भ्युटावर’ बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदिले भकुण्डेका पर्यटकीय गन्तव्यले यहाँको बसाइँ र विविधतालाई थपेको छ ।

    हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटक भकुण्डेलाई रोज्छन् । “हिमशृङ्खला यहाँको मुख्य आकर्षण हो”, स्थानीयवासी मनोज थापाले भन्नुभयो, “एकैसाथ दर्जनौँ हिमाल हेर्न पाइन्छ ।” घरबासबाट २० मिनेटको पैदलयात्रामा मूलाबारीमा रहेको ‘भ्युटावर’ पुग्न सकिन्छ । सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्युटावर’ पुग्छन् । पर्यटकीय याममा दैनिक सयौँ पर्यटक भकुण्डे आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “धेरै आन्तरिक पर्यटक छन्, विदेशी पर्यटक पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो ।

    पर्यटकलाई आकर्षित गर्न विसं २०६८ देखि भकुण्डेमा घरबास कार्यक्रम चलाइएको छ । अहिले नौ घरमा घरबास सञ्चालित छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा घरबास चिनिएको छ । घरबास गाउँमा दैनिक १०० भन्दा बढी पाहुना राख्ने क्षमता छ । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराउने गरिएको छ ।

    “स्थानीय उत्पादनबाट बनेको परिकार खुवाउँछौँ”, अध्यक्ष थापाले भन्नुभयो । खाना, खाजासहित एक रात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ ।

    घरबास आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरबासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेका छन् । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...