News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • १५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो !

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    काठमाडौं।
    आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक रहेको छ। देशको अर्थव्यवस्थामा कुल मौज्दात रहेको मुद्रा नै मुद्रा प्रदाय हो।

    नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउनदेखि जेठसम्ममा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा-नोक्सान समायोजित) १५ अर्ब १५ करोड रुपैयाँ (१.१ प्रतिशत) ले घटेको छ। अघिल्लो
    वर्षको सोही अवधिमा उक्त सम्पत्ति १ सय ७९ अर्ब ३७ करोड रुपैयाँ (१८.२ प्रतिशत)ले बढेको थियो।

    मुुलुकको सञ्चित मुद्रा ६.१ प्रतिशतले घटेकोे छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.९ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा सञ्चित मुद्रा ९.३ प्रतिशतले बढेको छ।

    कुल आन्तरिक कर्जा बढ्यो !

    यसैगरी आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २५.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.६ प्रतिशतले बढेको छ।

    निक्षेप परिचालनमा पनि वृद्धि !

    बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको पनि नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ।

    जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो। जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको छ। २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९८ प्रतिशत रहेको थियो।

    २५ प्रतिशतले बढ्यो कर्जा प्रवाह !

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाह २५.२ प्रतिशतले वढेको छ। विकास बैंकहरुको कर्जा प्रवाह भने २५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ।

    लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ। २०७७ जेठ मसान्तमा यस्तो धतोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो।

    ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ।

    बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ।

    केन्द्रीय बैकले प्रकाशन गरेको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१९ प्रतिशत छ। आयात २५.७ प्रतिशतले र निर्यात ३७.८ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशत र अमेरिकी डलरमा १०.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ।

    शोधनान्तर स्थिति २२ महिनापछि १५ अर्ब १५ करोड रुपैयाँले घाटामा गएको छ। कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ९ सय १६ अर्ब ८५ करोड रुपैयाँ र राजस्व परिचालन ८ सय १२ अर्ब ३५ करोड रुपैयाँ छ।

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...