News Portal

UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

३९१ पटक

काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निणर्यहरु पारित गरिएको छ।

बैठकले आगामी बार्षिक साधारणसभा र MIT Foundaation सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०-२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। यो साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, बिश्वो-ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ।

प्रवक्ता कृष्ण केसीले बताए अनुसार सँस्थाको बार्षिक साधारणसभा नेपालमा नै गर्नुपर्ने प्रचलन भएता पनि यो बर्ष सँस्था बिकासका सुरुवातीको बर्ष, बिश्व-ब्यापिकरणको जिम्मेवारी समेत जोडिएकाले २० डिसेम्बर २०२५ शनिबारका दिन दक्षिण कोरियामा गर्ने निर्णय गरिएको हो।

सभा र सम्मेलनको संयोजन संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक (आरसी)ले गर्ने प्रचलन अनुसार सातौँ बैठकले एसियाकी आरसी लक्ष्मी गुरुङलाइ संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। साधारणसभामा सम्पूर्ण पंजीकृत सदस्यहरु र सोहि दिनसम्म सदस्यता लिनु भएका सबै सदस्यहरुले प्रतिनिधि हुन पाउनुहुनेछ।

UNDO र MIT Foundaation साझेदारीमा एक दिने सम्मेलन डिसेम्बर २१, २०२५ आइतबार आयोजना गरिएको छ। सम्मेलन र सभा-संबन्धि थप अपडेट  UNDO र MIT Foundaation फेसबुक पेजहरुमा नियमित रुपमा गरिनेछ।

UNDO की सचिव संगीता कार्कीको संयोजकत्वमा बिधान संसोधन समिति गठन गरिएको छ। समितिमा  बाँकी सदस्यहरु उहाँले नै मनोनयन गर्नुहुनेछ। बिधानको प्रस्तावित संसोधन मस्यौदा सभाको १ हप्ता या सो भन्दा पहिला नै सबै सदस्यहरुलाइ इमेल-मार्फत पठाइने निर्णय गरिएको छ।

सँस्थाको बिश्व-व्यापिकरण योजना तय गर्नको लागि कार्यकारी सदस्य तथा संचार संयोजक कृष्ण केसीको संयोजकत्वमा योजना तय समितिको गठन गरिएको छ। समितिमा समिति कार्यसमिति र सदस्य सबैको सहभागिता रहने छ।

आगामी २ बर्षे आर्थिक बजेट तय गर्न र आर्थिक विवरण प्रस्तुत गर्नको लागि कोषाध्यक्ष उल्का घिमिरेलाइ जिम्मेवारी दिइएको छ। यो पटक प्रोजेक्टहरु, बिभिन्न गतिबिधि समेतलाइ समेटेर बजेट गएर गरिनेछ।

त्यसिगरी साधारणसभामा सँस्थाका सबै क्षेत्रका क्षेत्रीय संयोजकहरुले आ-आफ्नो क्षेत्रको योजना र प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

सँस्थाका सबै क्षेत्रीय उपाध्यक्षहरुले आगामी दुइ बर्षमा सम्पन्न गर्ने र गर्ने सकिने माइक्रो प्रोजेक्टको संयोजन र सहजीकरण गर्नुहुनेछ। तत्काल पाइप-लाइनमा रहेका MIT Foundation संगको साझेदारी प्रोजेक्टको लागि उपाध्यक्ष त्रिलोक गुरुङ र बिगतमा नै सुरु गरिएको भूकम्प राहत प्रोजेक्टका लागि उपाध्यक्ष भोमा लिम्बुले संयोजन गर्नुहुने निर्णय गरिएको छ।

थप जानकारीको लागि:

वेबसाइट
https://undo.org.np/

फेसबुक पेज
https://www.facebook.com/profile.php?id=61571182585448

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...