News Portal

पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

१६१ पटक

कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ हिनामिनाको घटनापछि प्रहरीले पीडित बचतकर्तालाई मंसिर २ गतेभित्र जाहेरी दिन आग्रह गरेको छ।

कास्की प्रहरीले सहकारीको वित्तीय अनियमितताबारे अनुसन्धान अघि बढाउँदै बचतकर्तालाई प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो। सहकारीमा रकम जम्मा गरेको प्रमाण–जस्तै सेयर प्रमाणपत्र, पासबुक, स्टेटमेन्ट, भौचर, मुद्दती प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

यसअघि सहकारी रजिस्ट्रारको सिफारिसमा प्रहरीले अध्यक्ष सुरेन्द्र बहादुर गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, र व्यवस्थापक भीष्मप्रताप गुरुङलाई पक्राउ गरिसकेको छ।

त्यस्तै सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदीसहित अन्य केही व्यक्तिहरू पक्राउ परेका छन्। थप प्रतिवादीहरूको खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए।

रजिस्ट्रार कार्यालयका अनुसार सहकारीका सञ्चालकसँगै ऋणीहरू पनि ठगी प्रकरणमा संलग्न छन्। करिब ३ सयभन्दा बढी ऋणी र ३५ जना सञ्चालक समिति सदस्यमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...