News Portal

पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

१५२ पटक

कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ हिनामिनाको घटनापछि प्रहरीले पीडित बचतकर्तालाई मंसिर २ गतेभित्र जाहेरी दिन आग्रह गरेको छ।

कास्की प्रहरीले सहकारीको वित्तीय अनियमितताबारे अनुसन्धान अघि बढाउँदै बचतकर्तालाई प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो। सहकारीमा रकम जम्मा गरेको प्रमाण–जस्तै सेयर प्रमाणपत्र, पासबुक, स्टेटमेन्ट, भौचर, मुद्दती प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

यसअघि सहकारी रजिस्ट्रारको सिफारिसमा प्रहरीले अध्यक्ष सुरेन्द्र बहादुर गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, र व्यवस्थापक भीष्मप्रताप गुरुङलाई पक्राउ गरिसकेको छ।

त्यस्तै सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदीसहित अन्य केही व्यक्तिहरू पक्राउ परेका छन्। थप प्रतिवादीहरूको खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए।

रजिस्ट्रार कार्यालयका अनुसार सहकारीका सञ्चालकसँगै ऋणीहरू पनि ठगी प्रकरणमा संलग्न छन्। करिब ३ सयभन्दा बढी ऋणी र ३५ जना सञ्चालक समिति सदस्यमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...