News Portal

सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

१५० पटक

काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरी जेन–जी आन्दोलनका सहभागीलाई नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले “अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश” शीर्षकमा लेख्दै भनेका छन्, “सहिदको रगत, नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसक्ने भए पद त्याग्ने वाचा सम्झनुहोस्।”

दुई महिना बितिसक्दा पनि हत्यामा संलग्न कसैलाई पक्राउ नगरेको भन्दै उनले सरकारप्रति गम्भीर प्रश्न उठाएका छन्। “देशको हितमा लड्दा अनेक आरोप र अपमान सहें, तर अब तपाईंबाट आशा सकिएको छ,” उनले भनेका छन्।

सुधनले भदौ २३ र २४ गतेको आन्दोलन आगामी चुनाव सार्नका लागि नभएको स्पष्ट पार्दै भनेका छन्, “यदि नेपाली जनता र जेन–जीको माग सम्बोधन भएन भने यो वर्षको चुनाव पनि हुन दिइने छैन।”

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...