News Portal

सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

२९४ पटक

काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरी जेन–जी आन्दोलनका सहभागीलाई नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले “अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश” शीर्षकमा लेख्दै भनेका छन्, “सहिदको रगत, नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसक्ने भए पद त्याग्ने वाचा सम्झनुहोस्।”

दुई महिना बितिसक्दा पनि हत्यामा संलग्न कसैलाई पक्राउ नगरेको भन्दै उनले सरकारप्रति गम्भीर प्रश्न उठाएका छन्। “देशको हितमा लड्दा अनेक आरोप र अपमान सहें, तर अब तपाईंबाट आशा सकिएको छ,” उनले भनेका छन्।

सुधनले भदौ २३ र २४ गतेको आन्दोलन आगामी चुनाव सार्नका लागि नभएको स्पष्ट पार्दै भनेका छन्, “यदि नेपाली जनता र जेन–जीको माग सम्बोधन भएन भने यो वर्षको चुनाव पनि हुन दिइने छैन।”

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...