News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फुटको संघारमा जसपा, यस्तो छ फुटेपछिको सम्भावित परिदृष्य !

    हिमालीसंचार संवाददाता
    २३० पटक

    काठमाडौं – संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएको छ। उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि निरन्तरता पाएका छन्। तर, यसले जसपालाई भने गम्भीर संकटमा धकेल्ने आकलन हुन थालेको छ।

    सत्ताको चाबी लिएर बसेको जसपा यसबीचमा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो। फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ। एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेका छन्।

    विषय सिधै सरकारसँग जोडिएको छ। महन्थ–राजेन्द्रपक्ष प्रधानमन्त्री ओलीको पक्षमा निरन्तर लागिपरेका छन्। उनकाविरुद्ध बाबुराम–उपेन्द्रपक्ष पनि उसैगरी सक्रिय छन्। नयाँ गठबन्धन सरकार बनाउने जोडबल सफल नभएपछि बाबुराम–उपेन्द्रपक्ष अहिले केही मौन देखिए पनि चुपचाप छैनन्।

    गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि उनकाविरुद्ध उभिएका थिए, बाबुराम–उपेन्द्रपक्ष। त्यहीँबाटै महन्थ–राजेन्द्रपक्ष भने प्रधानमन्त्री ओलीका निरन्तर सहयोगी बनेका छन्। महन्थ–राजेन्द्रको एक्सन कुर्दै बाबुराम–उपेन्द्र भनाइ नै छ, राजनीतिमा केही कुरा असम्भव छैन। कुनैबेला ओलीसँग सबभन्दा कटुतापूर्ण सम्बन्ध कसैको थियो भने त्यो महन्थ ठाकुर र राजेन्द्र महतोकै थियो।

    ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनीहरुले एक अर्कालाई विषवमन गर्न कुनै उपाय बाँकी राखेनन्। समयक्रममा महन्थ र राजेन्द्र नै अहिले ओलीलाई छाड्न नसक्ने अवस्थामा देखिएका छन्। वैशाख २७ गते बिहान नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले ओलीविरुद्ध बन्ने संयुक्त सरकारको नेतृत्व लिनसमेत महन्थलाई औपचारिक प्रस्ताव गरेका थिए। तर, ओलीलाई नै सघाउने रणनीतिअनुरुप उनले यो प्रस्ताव पनि स्वीकार गरेनन्।

    आफ्नो भागमा आएको प्रधानमन्त्रीको पदसमेत स्वीकार नगरेर ओलीलाई नै सघाउने उनीहरुको भूमिकालाई धेरैले आश्चर्यपूर्ण मानेका छन्। कतिपयले त महन्थ–राजेन्द्रपक्षको यस्तो निर्णयले उनीहरुमा बाह्यशक्तिको प्रभाव हदैसम्म देखिएको टिप्पणी पनि गरिरहेका छन्।

    पछिल्लो समय महन्थ–राजेन्द्रपक्षले आफ्नो सरोकार सरकार नभएर मुद्दा भएको र प्रधानमन्त्री ओलीबाटै मधेशका माग र मुद्दा सम्बोधन हुनसक्ने बताइरहेका छन्। जबकि, जसपाको बाबुराम–उपेन्द्रपक्ष भने ओलीबाट पहिल्यै धोका भएको निक्र्योलमा पुगिसकेको छ। बाबुराम–उपेन्द्रपक्षका एक नेता भन्छन्, पार्टी, मुद्दा सबै भताभुंग हुनेगरी उहाँहरुले किन यस्तो ओलीमोह देखाउनुभएको हो भन्ने बुझ्न सकिएको छैन।’

    शुक्रबार संघीय संसद परिसर पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवले ‘केही साथीहरुले बाटो बिराएको र गन्तव्य कहाँ हो भन्ने पनि थाहा नभएको’ टिप्पणी गरेका थिए। हुन त ओलीसँग सबभन्दा पहिले मिलाप गर्ने उपेन्द्र नै थिए। उनी मधेशका मुद्दा ओलीबाटै सम्बोधन हुने निक्र्योल गरेर तत्कालीन समाजवादी पार्टीबाट ओली सरकारमै सहभागी भएका थिए। पछि आफूलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै उनले सरकार छाडेका थिए।

    जसपाका बाबुराम–उपेन्द्रपक्ष यतिखेर महन्थ–राजेन्द्रपक्षले कस्तो कदम चाल्छन् भनेर पर्खिरहेका छन्। उनीहरुले सरकारलाई बाहिरै बसेर समर्थन गर्छन् वा सरकारमै जान्छन् भन्ने विषयलाई यो पक्षले नियालिरहेको छ। पार्टी एक हुने वा नहुने भन्ने विषय अब महन्थ–राजेन्द्रपक्षकै हातमा रहेको बाबुराम–उपेन्द्रपक्षका नेता नवराज सुवेदीले बताए।

    ‘जसपा फुट्ने वा जुट्ने महन्थ–राजेन्द्रजीहरुको हातमा छ। हामीले केपी ओलीलाई प्रतिगमनकारी भनेका छौं, उहाँहरु काँध थाप्न जानु भएको छ’, सुवेदीले भने, ‘उहाँ (महन्थ–राजेन्द्रपक्ष)हरु ब्याक हुने देखिएको छैन। त्यो हुँदा पार्टी एक हुने सम्भावना पनि कम देखिन्छ।’ तर, महन्थ–राजेन्द्रपक्षमा रहेका जसपा नेता लक्ष्मणलाल कर्णले अहिलेसम्म एउटै पार्टी भएकाले विभाजन हुनेतिर सोच्न नहुने बताए। भविष्यमा जसपा कता जान्छ त्यो घटनाक्रमले बताउँदै जाने कर्णको भनाइ छ।

    जसपा फुटे के हुन्छ ?

    ओलीलाई समर्थन गरेर जाने वा, संयुक्त सरकार बनाउने भन्ने विषयलाई लिएर जसपा विभाजन भएमा महेन्द्र राय यादव बाहेक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीकै अवस्थामा जसपा विभाजित हुने देखिएको छ।

    शीर्ष नेतामा यादवले मात्रै राजपा छोड्ने देखिएको छ। त्यसो भएमा पहिलो विकल्प यसअघिकै पुरानै राजपा र समाजवादी पार्टी ब्युँताएर जाने सम्भावना बढ्ने छ। पार्टी एकताको रुपमा राजपाको हृदयश त्रिपाठी समूहसँग एकता हुन सक्ने नेताहरुले आकलन गरेका छन्।

    चुनावी गठबन्धनमा भने राजपा ओलीपक्ष वा कांग्रेससँग तालमेल गरेर जाने तयारीमा देखिन्छ। त्यो हुन नसके एक्लै निर्वाचनमा जाने उसको तयारी छ। विभाजित अवस्थामा भएको समाजवादी पक्ष माओवादी केन्द्रमा जोडिने सम्भावना देखिएको छ।

    बाबुराम–उपेन्द्रपक्ष दुबै कम्युनिस्ट पृष्ठभूमिका भएकाले माओवादीको नाम परिवर्तन गरी नयाँ पार्टी बनाएर एकतामा जान सक्ने देखिएको छ। पार्टी एक हुने स्थिति नभएमा पनि यो पक्ष माओवादीसँग चुनावी तालमेलको मोर्चामा जान सक्ने आकलन गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...