News Portal

सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

१२२ पटक

काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीले इजलासमा पेसी तोकेको हो।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान उल्लङ्घन गरी कार्कीलाई नियुक्त गरेको र यसमा नेपाली सेना र अन्य राजनीतिक निकाय जिम्मेवार रहेको उल्लेख गरिएको छ।

निवेदनमा भनिएको छ कि पूर्व प्रधानन्यायाधीशलाई हालको संविधान अनुसार प्रधानमन्त्री बन्न अनुमति छैन। रिटमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने कुनै अधिकार नभएको र संविधानको धारा ७६ र १३२(२)को उल्लंघन भएको स्पष्ट रूपमा उल्लेख छ। साथै, बाधा अड्काउ फुकाउने अधिकारको समयावधि सकिसकेको र आवश्यकताको सिद्धान्त प्रयोग गर्न मिल्ने अवस्था नरहेको पनि रिटमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...