News Portal

सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

२०८ पटक

काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीले इजलासमा पेसी तोकेको हो।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान उल्लङ्घन गरी कार्कीलाई नियुक्त गरेको र यसमा नेपाली सेना र अन्य राजनीतिक निकाय जिम्मेवार रहेको उल्लेख गरिएको छ।

निवेदनमा भनिएको छ कि पूर्व प्रधानन्यायाधीशलाई हालको संविधान अनुसार प्रधानमन्त्री बन्न अनुमति छैन। रिटमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने कुनै अधिकार नभएको र संविधानको धारा ७६ र १३२(२)को उल्लंघन भएको स्पष्ट रूपमा उल्लेख छ। साथै, बाधा अड्काउ फुकाउने अधिकारको समयावधि सकिसकेको र आवश्यकताको सिद्धान्त प्रयोग गर्न मिल्ने अवस्था नरहेको पनि रिटमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...