News Portal

प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

२५२ पटक

काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्।

पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको यस्तो भनाइ सुन्दा आफूलाई “चसक्क” लागेको बताए। उनले भने, “प्रधानमन्त्रीले केही नेताहरूको अनुहार हेर्न मन छैन भन्ने कुरा सुन्दा अलि बिझ्यो। म आशा गर्छु त्यस्तो कुरा साँचो होइन।”

उनका अनुसार संविधान जोगाउने र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीले ठूलो भूमिका खेलेको भए पनि त्यसको कदर नभएको महसुस भएको छ। “हामीले स्थिरता र चुनावी वातावरण बनाउन योगदान दिएका थियौं, तर त्यो योगदानलाई बेवास्ता गरियो,” प्रचण्डको भनाइ थियो।

१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा पुस्ता पुराना नेताहरूको विकल्प खोज्दै गएको बताएकी थिइन्। सो टिप्पणीले राजनीतिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने प्रचण्डको भनाइ छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...