News Portal

प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

१७४ पटक

काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्।

पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको यस्तो भनाइ सुन्दा आफूलाई “चसक्क” लागेको बताए। उनले भने, “प्रधानमन्त्रीले केही नेताहरूको अनुहार हेर्न मन छैन भन्ने कुरा सुन्दा अलि बिझ्यो। म आशा गर्छु त्यस्तो कुरा साँचो होइन।”

उनका अनुसार संविधान जोगाउने र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीले ठूलो भूमिका खेलेको भए पनि त्यसको कदर नभएको महसुस भएको छ। “हामीले स्थिरता र चुनावी वातावरण बनाउन योगदान दिएका थियौं, तर त्यो योगदानलाई बेवास्ता गरियो,” प्रचण्डको भनाइ थियो।

१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा पुस्ता पुराना नेताहरूको विकल्प खोज्दै गएको बताएकी थिइन्। सो टिप्पणीले राजनीतिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने प्रचण्डको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...