News Portal

एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

१६५ पटक

काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।

कुल १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्तामध्ये ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सार्वजनिक गरिने कम्पनीले जनाएको छ। प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताले मेरोसेयर प्रणाली वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।

कम्पनीको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा रहेको छ भने उद्योग चितवनको रत्ननगर–१४ मा सञ्चालनमा छ। कम्पनीका अनुसार हाल करिब ५० डिलरमार्फत एसवाई प्यानलका उत्पादनहरू बजारमा बिक्री हुँदै आएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा र सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...