News Portal

एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

११३ पटक

काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।

कुल १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्तामध्ये ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सार्वजनिक गरिने कम्पनीले जनाएको छ। प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि छुट्याइएपछि बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताले मेरोसेयर प्रणाली वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।

कम्पनीको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा रहेको छ भने उद्योग चितवनको रत्ननगर–१४ मा सञ्चालनमा छ। कम्पनीका अनुसार हाल करिब ५० डिलरमार्फत एसवाई प्यानलका उत्पादनहरू बजारमा बिक्री हुँदै आएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा र सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...