News Portal

किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

२५१ पटक

काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै पदको अपेक्षा बिना नै एमालेमा फर्किन लागेको बताएका छन्। उनका अनुसार, यो नयाँ प्रवेश होइन, बरु आफूहरूले योगदान र जीवन अर्पण गरेको मूलघरमा फर्किने प्रक्रिया हो।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, “हामी कसैसँग समायोजन वा एकता हुन होइन, बरु पसिना बगाएको एमालेमै फर्किन लागेका हौं।”

श्रेष्ठले अहिले एमालेसँग वार्ता र संवाद भइरहेको उल्लेख गर्दै भने, “हामीले कुनै शर्त राखेका छैनौं। मुलघरमा फर्किँदा पद होइन, हाँसेर स्वागत र सम्मानजनक व्यवहार पुग्छ।”

उनले एमाले नेतृत्वलाई निशर्तरूपमा फर्किने वातावरण बनाउन आग्रह गरे। उनका अनुसार, सहकार्य र आत्मीयताको वातावरण बनेमा आफूहरू सहजै मूलघर फर्किनेछन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...