News Portal

बैंकका २ हजार ४ सय १ जना कर्मचारी संक्रमित, धेरै कर्मचारीले भ्याक्सिन लगाएका थिएनन्

“बैंकहरुले पालैपालो शाखा कार्यालय संचालन”

हिमालीसंचार संवाददाता
७९६ पटक

काठमाण्डौ – २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकहरुले पालैपालो सीमित शाखाहरु संचालन गरिरहेका छन्। कुन दिन कुन शाखा खोल्ने भन्ने जानकारी आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत समेत दिने गरेका छन्। बैंकका २ हजार ४ सय १ जना कर्मचारी संक्रमित भएका छन्। 

बैकहरुले आवश्यक मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरीजस्ता अत्यावश्यक मापदण्ड पालना गर्दागर्दै पनि कर्मचारीमा संक्रमण बढेको छ। हाल राष्ट्र बैंकबाट “क” वर्गको सम्वन्धन प्राप्त संस्थाहरु अर्थात वाणिज्य बैंकहरुमा काम गर्ने २ हजार ४ सय १ जना कर्मचारी कोरोना संक्रमित भएका नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले जानकारी दिए। 

बैकमा कोरोना संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढेको छ। वैशाख २ गतेसम्म जम्मा ६५ कर्मचारी मात्रै संक्रमित थिए। २६ दिनको अन्तरालमै यो संख्या २४ सय नाघेको हो। मुलुकमा जसरी संक्रमित संख्या बढ्दै गएका छन्, बैंकका कर्मचारीमा पनि सोही गतिले संक्रमणको दर बढेको देखिन्छ। दहलका अनुसार: ‘संक्रमितको यो संख्या वाणिज्य बैंकहरुको मात्रै हो, अरु वित्तीय संस्थाहरुमा काम गर्नेहरुको संख्या पनि छ।’ त्यस्तै, हालसम्म २ जना कर्मचारीको कोरोनाका कारण मृत्यु भएको छ।

‘तरकारी वा खाद्यान्न लिन जाँदा पनि सर्न सक्छ, मुख्यतः संक्रमित भइसकेपछि आवश्यक परेको खण्डमा अक्सिजन नपाउने अवस्था आउनु भनेको दुःखद पक्ष हो’ सानिमा बैंकका सिइओ समेत रहेका उनले भने। 

प्राथमिकता पाउँदा पनि बैंकका धेरै कर्मचारीले भ्याक्सिन लगाएनन्। सरकारले बैंकमा काम गर्ने कर्मचारीलाई प्राथमिकता दिँदै भ्याक्सिनको व्यवस्था समेत गरेको थियो। तर थोरै कर्मचारीले मात्रै भ्याक्सिन लगाएको दाहाल बताउँछन्। ‘खासगरी काठमाडौंबाहिरका शाखाहरुमा काम गर्ने कर्मचारीमध्ये एकदमै कम मात्रैले भ्याक्सिन लगाए’ उनले भने। भ्याक्सिन लगाउनका लागि सरकारले बैंकका कर्मचारीलाई प्राथमिकता दिँदा पनि धेरैले लगाएनन्। बैंकहरुले पनि कर्मचारीलाई भ्याक्सिन लगाउन अनिवार्य गरेनन्, तसर्थ इच्छुक कर्मचारीले लगाए भने धेरैले लगाएनन्।

कतिले भ्याक्सिन लगाए भन्ने तथ्यांक ठ्याक्कै नरहे पनि काठमाडौंबाहिर धेरैले भ्याक्सिन नलगाएको संघले जनाएको छ। खासगरी भ्याक्सिनप्रतिको आशंकका कारण पनि धेरै कर्मचारीले भ्याक्सिन लगाएनन्। ‘कोभिडसिल्ड’ खोप लगाउँदा कतिपयलाई सामान्य ज्वरो आउने लगायतका समस्या देखिए, यसले गर्दा पनि धेरै कर्मचारीले नलगाएको हुन सक्ने बैंकर बताउँछन्। भ्याक्सिन नलगाएका कर्मचारी संक्रमणको झन् जोखिममा देखिएका छन्। 

बैंकका सिइओदेखि कर्मचारीसम्म संक्रमित भएका छन्। केही दिनअघि मात्रै राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित सो बैंकका मात्रै ५२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। 

बैंकलाई राष्ट्र बैंकले दिएका सुझाव

बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशतभन्दा कम कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्न नियामक राष्ट्र बैंकले भनेको छ। नेपाल राष्ट्र बैंकले कोरोना महामारीको असहज परिस्थितिको सामनाका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। 

केन्द्रीय कार्यालयमा कुल कर्मचारीमध्ये २० प्रतिशत र शाखाका हकमा बढीमा २५ प्रतिशत कर्मचारीले मात्रै सेवा दिनुपर्नेछ। अन्य कर्मचारीले भने ‘वर्क फ्रम होम’को नीति अवलम्वन गर्न सक्ने छन्। त्यस्तै, शाखाहरु पनि सीमित मात्रै संचालन हुनुपर्ने छ। नजिकै रहेका शाखाको हकमा न्यून शाखा मात्रै संचालनमा ल्याएर आलोपालो सेवा दिन राष्ट्र बैंकले भनेको छ।

संचालन हुने शाखा कार्यालयको सम्बन्धमा मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक संजालमार्फत बैंकहरुले जानकारी दिने छन्। आवश्यक सोधपुछका लागि सम्पर्क व्यक्तिको नम्वर पनि बैंकहरुले सार्वजनिक गर्नुपर्नेछ। कार्यालयमा उपस्थित नभई गर्न सकिने कामका लागि मात्रै कर्मचारी उपस्थित हुन सक्ने छन्। 

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...