News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुल तर्दा शुल्क तिर्न नपर्ने, गौरीगञ्ज र रतुवामाइबीच भद्र सहमती

    हिमाली संचार संवाददाता
    ३४८ पटक

    रबिन्द्र बराल
    कार्तिक ३, २०७६ मोरङ : हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ।

    रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत सञ्चालन हुन नसकेपछी झापा र मोरङका स्थानीय समुहले दुइ छुट्टा छुट्टै भाटाको पुल बनाएर खोला तर्ने जनताहरुसँग अबैध शुल्क वसुल्दै आएका छन् भन्ने समचार सम्प्रेषण भएपछि अहिले उक्त पुलमा कुनै शुल्क नलाग्ने भएको छ।

    शुल्क उठाउने बिषयमा दुबै भाटे पुल समुह बिच बिबाद हुदा केहि दिन अघि दुबै पक्ष बिच हात हालाहालको अबस्था आएको थियो।

    झापाका तर्फबाट पुल बनाउने गँगा बाबाजी र मोरँगका तर्फबाट पुल बनाउने कैलाश श्रेष्ठ बिचको बिबाद चुलिएपछी शुक्रबार दुबै पक्ष र स्थानीयहरुको रोहबरमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाइ नगरपालिकाका मेयर रबिन राइले रतुवा खोला तर्दा कुनै पनि पक्षले कसैसँग कुनैपनि शुल्क लिन नपाउने भद्र निर्णय गरेका छन्।

    दुबै पक्षको प्रतिनिधि र दुबै स्थानीय तहको जनप्रतिनिधि बिच शुब्रबार बेलुका भएको सहमती अनुसार दुबै पक्षको भाटे पुल सञ्चालकलाइ दुबै पालिकाले पुल बनाएको खर्च स्वरुप १५/१५ हजार दिने र अब उपरान्त कुनै पनि समुहले कसैसँग पनि पुल तर्दा कुनै शुल्क लिन नपाउने निर्णय गरेको छ।

    निशुल्क सेवामा पुलको सुरक्षाका लागि मंसिर १ गते सम्म दुबै पक्ष गँगा बाबाजी समुह र कैलाश समुहलाइ रेखदेखको जिम्मा दिइएको छ। सो पुलको रेखदेख र सुरक्षा नभए उनिहरुलाइ १५/१५ हजार रुपैया पनि नदिने सहमती भएको छ।

    छलफलमा गौरीगञ्ज गाउँपालिका र रतुवामाइ नगरपालिकाले आ-आफ्नो क्षेत्रमा तटबन्धन गरि बाटोमा माटो र ढुँगा भरेर रतुवाको पक्कीपुल यसै बर्ष सञ्चालन गर्ने समेत सहमती समेत गरिएको छ।

    छलफलमा गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ रतुवामाइ नगरपालिकाका मेयर रबिन राइ प्रदेशसभा सदस्य शिबनारायण मण्डल गौरीगञ्ज गाउँपालिका न्यायिक समिती सदस्य राजेन्द्र ताजपुरिया इलाका प्रहरी कार्यालय प्रमुख गणेश भट्टराइ झापा तिरका पुल सञ्चालक गँगा बाबाजी रमोरँग तर्फका पुल सञ्चालक कैलाश श्रेष्ठ लगायत स्थानियहरुको उपस्थित थियो।

    प्रतिकृया दिनुहोस्

    संसदमा नाती पुस्ता र हजुरबुवा पुस्ताको लडाई

    संसदिय ब्यबस्थामा जनताको आस्थाको केन्द्र भनेको संसद हो। जहाँ देशको कानून बनाईन्छ। बिडम्बना त्यहि थलो...

    दाङको बंगलाचुलीमा पारिवारिक झगडाले लिए ज्यान, श्रीमानको हत्या आरोपमा पत्नी पक्राउ

    दाङ, वैशाख ३० – दाङको बंगलाचुली गाउँपालिकामा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ घरेलु...

    पाँच करोडभन्दा बढी रकम हिनामिना प्रकरण : बारा हुलाक कार्यालयका पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    बारा, वैशाख ३० – बारा जिल्लास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले पाँच करोडभन्दा बढी सरकारी रकम...

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक...

    सांसद गीता गुरुङ बेलायतमै स्थायीतर्फ, उतैबाट राजीनामा

    दाङ, वैशाख ३० – जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतमै स्थायीतर्फ लाग्ने निर्णयसहित...