News Portal

एनआरएनए उच्चस्तरीय समितिद्वारा म्यानमार भूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि अपिल

हिमालीसंचार संवाददाता
४७५ पटक

काठमाडौं। म्यानमारलाई केन्द्रविन्दु बनाएर शुक्रबार आएको विनाशकारी भूकम्पका कारण भएको जनधनको ठूलो क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गहिरो दुख व्यक्त गरेको छ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले उक्त विनाशकारी भूकम्पबाट प्रभावितहरूको उद्धार तथा राहतमा सहयोग गर्न अपिल गरेका छन्।

भूकम्पको प्रभाव छिमेकी देश थाइल्याण्डमा समेत गम्भीर रूपमा परेको छ। विशेषगरी, त्यहाँ बसोबास गर्ने नेपाली समुदायसहित अन्य प्रभावित नागरिकहरूको सुरक्षाका लागि एनआरएनए थाइल्याण्ड शाखालाई उद्धार तथा राहत कार्यमा सक्दो सहयोग पुर्‍याउन पनि संयोजक घलेले एक विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एनआरएनए उच्चस्तरीय समितिले उद्धार तथा राहत कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ। साथै, संकटग्रस्त क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोग पुर्याउन सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा सहयोगीहरूलाई  समितिले आह्वान गरेको छ।

एनआरएनए उच्चस्तरीय समितिले यस प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ।

उच्तस्तरीय समितिको आधिकारिक फेसबुक पेज https://www.facebook.com/NRNAHLCofficial फ्लो गर्नुभएमा थप जानकारी पाउन सकिने छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...