News Portal

एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन समिति गठन गर्‍यो

हिमालीसंचार संवाददाता
३७५ पटक

काठमाण्डौं – सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहनुभएको समितिमा, सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनुभएको छ।

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुनुहुन्छ। त्यस्तै, ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुनुहुन्छ। हाल बेलायतमा बसोबास गर्दै आएका उहाँले पोखरामा आफ्नै होटल व्यवसाय सञ्चालन गरिरहनुभएको छ। अधिवक्ता आशिष उप्रेती एक युवा कानुन व्यवसायी हुनुहुन्छ।

“लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो। संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गराउने उद्देश्यले निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ,” उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले भन्नुभयो।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ। साथै, समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूलाई काठमाडौँमा उपस्थित भई तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...