News Portal

एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन समिति गठन गर्‍यो

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाण्डौं – सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहनुभएको समितिमा, सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहनुभएको छ।

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुनुहुन्छ। त्यस्तै, ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुनुहुन्छ। हाल बेलायतमा बसोबास गर्दै आएका उहाँले पोखरामा आफ्नै होटल व्यवसाय सञ्चालन गरिरहनुभएको छ। अधिवक्ता आशिष उप्रेती एक युवा कानुन व्यवसायी हुनुहुन्छ।

“लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो। संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गराउने उद्देश्यले निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ,” उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले भन्नुभयो।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ। साथै, समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूलाई काठमाडौँमा उपस्थित भई तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...