News Portal

पुल तर्दा शुल्क तिर्न नपर्ने, गौरीगञ्ज र रतुवामाइबीच भद्र सहमती

हिमाली संचार संवाददाता
४६० पटक

रबिन्द्र बराल
कार्तिक ३, २०७६ मोरङ : हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ।

रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत सञ्चालन हुन नसकेपछी झापा र मोरङका स्थानीय समुहले दुइ छुट्टा छुट्टै भाटाको पुल बनाएर खोला तर्ने जनताहरुसँग अबैध शुल्क वसुल्दै आएका छन् भन्ने समचार सम्प्रेषण भएपछि अहिले उक्त पुलमा कुनै शुल्क नलाग्ने भएको छ।

शुल्क उठाउने बिषयमा दुबै भाटे पुल समुह बिच बिबाद हुदा केहि दिन अघि दुबै पक्ष बिच हात हालाहालको अबस्था आएको थियो।

झापाका तर्फबाट पुल बनाउने गँगा बाबाजी र मोरँगका तर्फबाट पुल बनाउने कैलाश श्रेष्ठ बिचको बिबाद चुलिएपछी शुक्रबार दुबै पक्ष र स्थानीयहरुको रोहबरमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाइ नगरपालिकाका मेयर रबिन राइले रतुवा खोला तर्दा कुनै पनि पक्षले कसैसँग कुनैपनि शुल्क लिन नपाउने भद्र निर्णय गरेका छन्।

दुबै पक्षको प्रतिनिधि र दुबै स्थानीय तहको जनप्रतिनिधि बिच शुब्रबार बेलुका भएको सहमती अनुसार दुबै पक्षको भाटे पुल सञ्चालकलाइ दुबै पालिकाले पुल बनाएको खर्च स्वरुप १५/१५ हजार दिने र अब उपरान्त कुनै पनि समुहले कसैसँग पनि पुल तर्दा कुनै शुल्क लिन नपाउने निर्णय गरेको छ।

निशुल्क सेवामा पुलको सुरक्षाका लागि मंसिर १ गते सम्म दुबै पक्ष गँगा बाबाजी समुह र कैलाश समुहलाइ रेखदेखको जिम्मा दिइएको छ। सो पुलको रेखदेख र सुरक्षा नभए उनिहरुलाइ १५/१५ हजार रुपैया पनि नदिने सहमती भएको छ।

छलफलमा गौरीगञ्ज गाउँपालिका र रतुवामाइ नगरपालिकाले आ-आफ्नो क्षेत्रमा तटबन्धन गरि बाटोमा माटो र ढुँगा भरेर रतुवाको पक्कीपुल यसै बर्ष सञ्चालन गर्ने समेत सहमती समेत गरिएको छ।

छलफलमा गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ रतुवामाइ नगरपालिकाका मेयर रबिन राइ प्रदेशसभा सदस्य शिबनारायण मण्डल गौरीगञ्ज गाउँपालिका न्यायिक समिती सदस्य राजेन्द्र ताजपुरिया इलाका प्रहरी कार्यालय प्रमुख गणेश भट्टराइ झापा तिरका पुल सञ्चालक गँगा बाबाजी रमोरँग तर्फका पुल सञ्चालक कैलाश श्रेष्ठ लगायत स्थानियहरुको उपस्थित थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...