News Portal

  • धरान उपमहानगरपालिकालाई गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग !

    ट्रस्टले २ लाख १२ हजार पाउण्ड सहयोग गर्ने

    हिमालीसंचार संवाददाता
    १२७० पटक

    धरान – धरान उपमहानगरपालिका धरानलाई गोर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानी व्यबस्थापनका लागि “२ लाख १२ हजार पाउण्ड” ३ करोड भन्दा बढीको सहयोग गर्ने भएको छ। 

    धरानको मुख्य समस्यको रुपमा रहेको खानेपानीको अभावलाई न्यूनिकरण गर्न एसियन विकास बैंकबाट ऋण लिएर भूमिगत खानेपानी आपुर्तिगर्ने परियोजना धरानमा असफल भए। धरानमा तीन हजार भन्दा बढी संख्यामा भूपु गोर्खाहरु बसोबास गरिरहेका छन्। धरानका जनताका लागि ट्रस्टले खानेपानी आपुर्तिका लागि सहयोग गर्ने भएको हो। 

    भूपु गोर्खाहरुको बहादुरी, त्याग र बलिदान दुई सताब्दी भन्दा लामो समयदेखि बेलायती सैनिक सेवामा विशेष योगदान दिईरहेका गोर्खाहरुको कल्याणकारी संस्थाले अत्यवश्याक सेवाका निम्ति बेलायती जनताको सहयोगमा “गोर्खा वेलफेयर ट्रस्ट (नेपाल)”ले सेवा प्रवाह गर्दै आएको छ। 

    उक्त संस्थाले गोर्खा भूपुहरुका लागि सहयोग गर्ने भएकाले लाहुरेहरुको शहर धरानको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यबस्थानका लागि ब्रिटिस गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथ मार्फत रेजिमेन्टल एशोसियशनले गोर्खा वेलफेयर ट्रस्टसंग सहयोग आग्रह गरेका थिए। 

    बेलायतमा अहिले ग्रिष्मकालीन सार्वजनिक विदा रहेका कारण गोर्खा वेलफेयर ट्रस्टको बैठकले धरानका जनताको खानेपानीको समस्या न्यूनिकरणका लागि २ लाख १२ हजार पाउण्ड अर्थात ३ करोड बराबरको धरान उपमहानगरपालिकाको लागि अनुदान सहयोग स्वीकृति गरेको नेपालका लागि कर्नेल स्मिथले जानकारी दिए। 

    उक्त अनुदान रकम धरानका लागि खानेपानी आपूर्ति, आवश्याक भौतिक संरचना निर्माणमा खर्च गरिने कर्नेल स्मिथले जानकारी दिए। उक्त आयोजना डिपिआर मुताविक परियोजना प्रारम्भ गर्न दाता र धरान उपमहानगरपालिका बीच चाडै दुई पक्ष सम्झौता पत्रमा हस्ताक्षर हुने जानकारी समेत दिए। 

    गोर्खा वेलफेयर ट्रस्टको प्रेस विज्ञप्ति पत्रमा प्रेसिन्ट रेजिमेन्टल एसोशियशन नेपालका पूर्व क्षेत्रिय मेजर झप्तमान लिम्बु, सल्लाहकार मेजर दलबहादुर राई र संस्थाका सचिव क्याटेन विष्णुकुमार राईद्वारा हस्तक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal