News Portal

धरान उपमहानगरपालिकालाई गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग !

ट्रस्टले २ लाख १२ हजार पाउण्ड सहयोग गर्ने

हिमालीसंचार संवाददाता
१५७१ पटक

धरान – धरान उपमहानगरपालिका धरानलाई गोर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानी व्यबस्थापनका लागि “२ लाख १२ हजार पाउण्ड” ३ करोड भन्दा बढीको सहयोग गर्ने भएको छ। 

धरानको मुख्य समस्यको रुपमा रहेको खानेपानीको अभावलाई न्यूनिकरण गर्न एसियन विकास बैंकबाट ऋण लिएर भूमिगत खानेपानी आपुर्तिगर्ने परियोजना धरानमा असफल भए। धरानमा तीन हजार भन्दा बढी संख्यामा भूपु गोर्खाहरु बसोबास गरिरहेका छन्। धरानका जनताका लागि ट्रस्टले खानेपानी आपुर्तिका लागि सहयोग गर्ने भएको हो। 

भूपु गोर्खाहरुको बहादुरी, त्याग र बलिदान दुई सताब्दी भन्दा लामो समयदेखि बेलायती सैनिक सेवामा विशेष योगदान दिईरहेका गोर्खाहरुको कल्याणकारी संस्थाले अत्यवश्याक सेवाका निम्ति बेलायती जनताको सहयोगमा “गोर्खा वेलफेयर ट्रस्ट (नेपाल)”ले सेवा प्रवाह गर्दै आएको छ। 

उक्त संस्थाले गोर्खा भूपुहरुका लागि सहयोग गर्ने भएकाले लाहुरेहरुको शहर धरानको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यबस्थानका लागि ब्रिटिस गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथ मार्फत रेजिमेन्टल एशोसियशनले गोर्खा वेलफेयर ट्रस्टसंग सहयोग आग्रह गरेका थिए। 

बेलायतमा अहिले ग्रिष्मकालीन सार्वजनिक विदा रहेका कारण गोर्खा वेलफेयर ट्रस्टको बैठकले धरानका जनताको खानेपानीको समस्या न्यूनिकरणका लागि २ लाख १२ हजार पाउण्ड अर्थात ३ करोड बराबरको धरान उपमहानगरपालिकाको लागि अनुदान सहयोग स्वीकृति गरेको नेपालका लागि कर्नेल स्मिथले जानकारी दिए। 

उक्त अनुदान रकम धरानका लागि खानेपानी आपूर्ति, आवश्याक भौतिक संरचना निर्माणमा खर्च गरिने कर्नेल स्मिथले जानकारी दिए। उक्त आयोजना डिपिआर मुताविक परियोजना प्रारम्भ गर्न दाता र धरान उपमहानगरपालिका बीच चाडै दुई पक्ष सम्झौता पत्रमा हस्ताक्षर हुने जानकारी समेत दिए। 

गोर्खा वेलफेयर ट्रस्टको प्रेस विज्ञप्ति पत्रमा प्रेसिन्ट रेजिमेन्टल एसोशियशन नेपालका पूर्व क्षेत्रिय मेजर झप्तमान लिम्बु, सल्लाहकार मेजर दलबहादुर राई र संस्थाका सचिव क्याटेन विष्णुकुमार राईद्वारा हस्तक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...