News Portal

नेपाल वितरक संघ काठमाडौं पश्चिम क्षेत्रीय समितीको तेश्रो वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
६५७ पटक

काठमाडौं – काठमाडौं,ललितपुर र भक्तपुरलाई कार्यक्षेत्र वनाई स्वदेशी उधोग तथा आयातकर्ता बाट होलसेल विक्रेता,खुद्रा विक्रेता हुदै उपभोक्ता सम्म पुलको काम गररहेको वितरकहरु नेपालमा २०अौ हजारमा छन् भने एक लाख हाराहारीलाई रोजगारी श्रृजना गरिरहेको अवस्था छ ।काम गर्न लाई सहज होस भनि वितरक संघ ले क्षेत्रहरु विभाजन गरेको छ जस मध्यको काठमाडौंको पश्चिम क्षेत्र अन्तरगत को क्षेत्रीय भेला तथा तेश्रो अधिवेसन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाको अध्यक्ष रामहरी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल उधोग वाणिज्य माहासंघ वाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो भने अतिथीहरुमा नेपाल सरकार,वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक श्रीजना तिवारी,सोहि विभागका निरिक्षण अधिकृत गिरीराज मिश्र नेपाल उधोग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ Motivational speaker corporate expert and life coach डा. रविन कटुवाल,ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र वहादुर थापा,उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिना,नेपाल वितरक संघको पुर्व अध्यक्षहरु राजेन्द्र सिखडा,न्युच्छे नारायण मानन्धर र वर्तमान कार्य समिती पदाधिकारीहरु नवराज दाहाल,प्रेमहरी मैनाली,राजु प्रसाद पौडेल,लोकेश्वर मान जोशी, गणेश तिमल्सिना र अशोक कुमार कडेल रहेका थिए।

 

कार्यक्रममा यस क्षेत्रलाई आधार वनाएर काम गरि रहेका वितरकहरुको वाक्लो उपस्थीती रहेको थियो ।कार्यक्रममा उपभोक्ता अधिकार अनुसन्धान मंच का अध्यक्ष माधव तिमिल्सिनाले उपभोक्ता प्रति व्यावशायी इमान्दार वन्नु पर्नेमा जोड दिएका थिए,वाणिज्य,आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका निर्देशक श्रीजना तिवारी ले स्वच्छ खानपानवाट मात्रै व्यक्ती,घरपरिवार,समाज स्वच्छ हुन्छ यसका लागी जागरुक उपभोक्ता र इमान्दार व्यवशायी हुनु पर्ने मा विषय राखे ।

कार्यक्रममा यसै संस्थाको पुर्व उपाध्यक्ष समेत रहेका दुर्गाराज श्रेष्ठ ले हालै संसदमा प्रस्तुत विधेगहरु मध्ये भन्सार ऐन विधेक सरोकार राख्ने व्यवशायीहरु संग छलफल गरेर मात्रै अगाडी वढाउन सरकार संग अनुरोध गरेका छन् उनको अनुशार संशोधन नभई अहिले कै अवस्थामा भन्सार विधेक पास हुदा धेरै समस्याहरु निम्तिने र राजश्व समेत घट्ने हुन्छ भनि जोड दिए ।

अहिले उधोग तथा आयात कर्ता ले डेमेज स्पायर सामान हरु समयमै नसल्टाई दिदा वितरकहरु लाई ठुलो समस्या रहेको त्यस्तै चक्रपथ भित्र वर्तमान ट्राफिक नियमबाट सामान डेलिभरी दिन कठिन भएको विषयमा सरकारको ध्यानाक्रषण गरे ।

उक्त कार्यक्रममा वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत गिरिराज मिश्रले वितरकहरुले पालना गर्नुपर्ने निति-नियमलाइ कार्यविधि मार्फद प्रस्तुत गरिएको थियो भने वर्तमान आर्थिक मन्दिका कारण निरास व्यवशायी हरुलाई संयमित भएर अगाडी वढ्न मोटिभेसनल कार्यक्रम भएको थियो र उक्तकार्यक्रम डा.रविन कटुवाल बाट भएको थियो । कार्यक्रममा प्रमुख अतिथी दिल सुन्दर श्रेष्ठ ले राज्यको व्यवशायी लाई हेर्ने आँखा सकारात्मक हुनु पर्छ तव मात्रै उधोग व्यवशाय अगाडी वढ्छ अनि मात्र स्वरोजगारी को वातावरण वन्छ भनेका थिए ।

नेपाल वितरक संघको पश्चिम क्षेत्रिय अधिवेसनवाट केशव मैनाली को संयोजक र उमेश फुयाल सह संयोजक रहने गरी १५ सदस्यीय कार्यसमिती चयन भएको जानकारी नेपाल वितरक संघ को सल्लाहकार चन्द्र थापाले हिमाली संचारलाई जानकारी गराए । विभिन्न सामाजिक संघ सस्थाहरु मा नेतृत्वमा रहि काम गरि सकेका मैनाली र फुयाल विगत लामो समय देखि वितरकको हितमा सकृय रुपमा काम गरिरहेका परिचित एवं विश्वसनीय पात्र हुन ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...