News Portal

  • सुदूरपश्चिममा ‘स्क्रब टाइफस’ को संक्रमण बढ्दो

    ७९८ पटक

    मनोज भट्ट
    महेन्द्रनगर : नेपालका विभिन्न ठाउँमा बिकराल बन्दै गएको ‘स्क्रब टाइफस’ रोगको संक्रमण सुदुरपश्चिममा पनि देखा पर्न थालेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलालीसहित अन्य पहाडी जिल्लामा यसको संक्रमण बढ्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो १५ दिनको अवधिमा ३३ जनामा यो रोगको संक्रमण देखा परेको छ ।

    उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ७६ जना बिरामीलाई जाँच गर्दा ३३ जनामा रोगको संक्रमण देखिएको अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए। जसमा डडेल्धुराका २१ जना, बैतडीका ११ जना र बझाङका एक जना रहेका छन् ।
    धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो वर्ष ५० जनामा ‘स्क्रब टाइफस’को सक्रमण पाइएको थियो । जसमध्ये डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको भने मृत्यु भईसकेको छ ।

    यहाँका बिभिन्न जिल्लाहरुमा रोगको संक्रमण बढ्दै गएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले बताए । ‘स्क्रब टाइफस’ ले सुदूरपश्चिममा पनि बिकराल रुप लिँदै गएपछि महामारीको खतरा बढेको छ । सचेत रहन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन् ।

    ‘स्क्रब टाइफस’ रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ ।

    पहिलो पटक सन् १९३० तिर जापानमा देखा परेको यो रोग हाल भने नेपालका बिभिन्न स्थानमा पनि देखा परेको छ। दोश्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिड्दा ‘माइट’ ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी पनि शरीरमा छोडेकोले उनीहरुमा यो रोग लागेको पाइएको थियो।

    तर, नेपालमा भने ‘मुसा’ ले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जांँदा ‘माइट’ ले मानिसलाई टोेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

    ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ ।
    यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने चिकित्सकको भनाइ छ ।

    यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहे भने पनि यसबाट बच्न सकिने चिकित्सक बताउँछन् । यसको लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर बस्ने गर्नु पर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal