News Portal

सुदूरपश्चिममा ‘स्क्रब टाइफस’ को संक्रमण बढ्दो

९६२ पटक

मनोज भट्ट
महेन्द्रनगर : नेपालका विभिन्न ठाउँमा बिकराल बन्दै गएको ‘स्क्रब टाइफस’ रोगको संक्रमण सुदुरपश्चिममा पनि देखा पर्न थालेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलालीसहित अन्य पहाडी जिल्लामा यसको संक्रमण बढ्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो १५ दिनको अवधिमा ३३ जनामा यो रोगको संक्रमण देखा परेको छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ७६ जना बिरामीलाई जाँच गर्दा ३३ जनामा रोगको संक्रमण देखिएको अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए। जसमा डडेल्धुराका २१ जना, बैतडीका ११ जना र बझाङका एक जना रहेका छन् ।
धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो वर्ष ५० जनामा ‘स्क्रब टाइफस’को सक्रमण पाइएको थियो । जसमध्ये डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको भने मृत्यु भईसकेको छ ।

यहाँका बिभिन्न जिल्लाहरुमा रोगको संक्रमण बढ्दै गएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले बताए । ‘स्क्रब टाइफस’ ले सुदूरपश्चिममा पनि बिकराल रुप लिँदै गएपछि महामारीको खतरा बढेको छ । सचेत रहन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन् ।

‘स्क्रब टाइफस’ रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ ।

पहिलो पटक सन् १९३० तिर जापानमा देखा परेको यो रोग हाल भने नेपालका बिभिन्न स्थानमा पनि देखा परेको छ। दोश्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिड्दा ‘माइट’ ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी पनि शरीरमा छोडेकोले उनीहरुमा यो रोग लागेको पाइएको थियो।

तर, नेपालमा भने ‘मुसा’ ले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जांँदा ‘माइट’ ले मानिसलाई टोेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ ।
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने चिकित्सकको भनाइ छ ।

यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहे भने पनि यसबाट बच्न सकिने चिकित्सक बताउँछन् । यसको लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर बस्ने गर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...