News Portal

  • चार महिनाको अवधिमा इन्टरपोलको रेड नोटिसमा १३ नेपाली (सूचीसहित)

    ६४९ पटक

    गौरव पोखरेल
    काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले ४ महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

    विभिन्न किसिमका जघन्य एवं संगठित अपराधमा संलग्न भई विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा नोटिस जारी गर्छ । हालसम्म जारी गरिएका नोटिसमध्ये २९ वटा रेड र २४ वटा डिफ्युजन छन् ।

    पछिल्लो समय जारी भएका रेड नोटिसमा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति सबैभन्दा बढी छन् ।

    संगठिन सुन तस्करी, अपहरण र हत्यामा संलग्न भएको आरोपमा रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल, हरिशरण खड्का र मोहमद उस्ताम मियाँविरुद्ध नेट नोटिस जारी भएको हो ।

    उनीहरु मध्ये उप्रेती प्रकरणका मुख्य अभियुक्त चूडामणि ‘गोरे’ का भाइ हुन् । त्यस्तै, अग्रवाल मुख्य लगानीकर्ता हुन् । उनीहरुसहित सरकारी छाप तथा हस्ताक्षर कीर्ते गरेको आरोपमा सलबहादुर गुरुङविरुद्ध रेड नोटिस जारी भएको छ ।

    ११ जनाविरुद्ध डिफ्यूजन नोटिस

    एनसीबी काठमाडौंका अनुसार पछिल्लो चार महिनाको अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

    जसमा मानबेचबिखन मुद्दा अन्तरगत प्रेरणालक्ष्मी मल्ल, विराज यादव र सन्तोषकुमार ल्वागुनसमेत गरी तीन जना छन् ।

    त्यस्तै, जबरजस्तीकरणी मुद्दाका दिपक श्रेष्ठ र विकास गौतमविरुद्ध पनि डिफ्यूजन नोटिस जारी भएको छ । उनीहरु दरबारमार्ग बलात्कार प्रकरणका आरोपित हुन् ।

    त्यस्तै, अपहरण, हत्या र संगठित अपराधमा संलग्न प्रयास पराजुली, संगठित अपराध सञ्जालको स्थापना गरेको आरोप लागेका सन्दिप खड्का, ठगी मुद्दाका सबिन प्रकाश दनुवार, जबरजस्तीकरणी मुद्दाका हेमराज राई, हत्यामा संलग्न लालबहादुर खड्का र होमबहादुर कार्की छन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार अपराधी पक्राउसँगै जारी नोटिस र डिफ्युजन स्वतः निष्क्रिय हुन्छ । विगतमा न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गरेकोमा नोटिस जारी हुने क्रमको वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको उनले जनाए । इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् ।

    के हो इन्टरपोल नोटिस ?

    इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ । यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्छ ।

    इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्दछ ।

    प्रवक्ता थापा भन्छन्, ‘ग्बोवल भिलेजको कारणले संसार नै साघुँरो भएको छ । कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’

    हाल डिफ्युजन कार्यान्वयनको क्रममा रहेका २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला छन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरुको खोजीका लागि डिफ्युजन जारी गरिने उनले बताए ।

    अदालतमा मुद्दा दायर भइ वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ ।

    नक्कली राहदानी प्रयोग गर्नेविरुद्ध माइन्ड डिभाइस

    इन्टरपोलले हराएका तथा चोरी भएका राहदानी अपराधीले प्रयोग गरेर पहिचान फेरेर विदेश भाग्ने र आवत–जावत गर्नेलाई रोक्न समेत सुक्ष्म रुपमा निगरानी बढाएको छ ।

    यसका लागि हराएका तथा चोरी भएका भनी राहदानी बिभागमा दर्ता भएका राहदानीको विवरण इन्टरपोलको ‘स्टोलन एण्ड लस्ट ट्राभल’ डाटावेशमा सन् २०१४ देखि नियमित दर्ता गर्दै आएको छ ।

    इन्टरपोल नेपालले अन्य देशका एनसीबीबाट सोधिने त्यस्ता राहदानी र ट्राभल डकुमेन्टसम्बन्धी समस्याको निवारण समेत गर्दै आएको एनसीबी काठमाडौंले जनाएको छ ।

    सन् २०१८ अप्रिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमन कार्यालयमा पनि मोबाइल इन्टरपोल नेटवर्क डेटावेस डिभाइस (माइन्ड) नामक डिभाइस प्रयोगमा ल्याइएको छ ।

    नेपाल प्रहरीले हालसम्म १ लाख ८० हजार ६ सय ६१ हराएका तथा चोरी भएका राहदानीको विवरण डाटावेशमा राखेको छ ।

    चोरी तथा हराएका राहदानी प्रयोग गरी भेष बद्लेर हिँड्ने अपराधीलाई विमानस्थलमै ‘माइन्ड’ डिभाइसको प्रयोग गरी पत्ता लगाइने गरिएको एसएसपी क्षेत्री बताउँछन् ।

    नेपालले सन् १९६७ सेप्टेम्बर २७ मा १००औं राष्ट्रको रुपमा इन्टरपोलको सदस्यता लिएको हो । इन्टरपोलका सदस्य रहेका १ सय ९२ राष्ट्रमै यसका शाखा फैलिएका छन् ।

    अन्य सदस्य राष्ट्रसँग समन्वय गर्न प्रत्येक राष्ट्रमा ‘नेशनल सेन्ट्रल ब्यूरो’(एनसिबी) नामको छुट्टै सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ । सम्बन्धित देशको प्रहरी प्रमुख नै एनसीबीको प्रमुख हुने प्रावधान छ । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal