News Portal

  • जनसम्पर्क समिति इजरायलले मनायो ३७ औं बिपि स्मृति दिवस !

    हिमाली संचार संवाददाता
    ४६५ पटक

    इजरायल, २९ जुलाई : नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलले महामानव स्वर्गीय बिपि कोइरालाको ३७ औं स्मृति दिवसका साथै समितिको ऐतिहासिक तेश्रो वार्षिक स्थापना दिवस इजरायलको तेल अभिव याफोमा भव्यताका साथ मनाइएको समितिका महामन्त्री राज छत्कुलीले जानकारी दिनुभयो ।

    कार्यक्रममा सभापतिको आसन ग्रहण संस्थाका सभापति खगेश्वर अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङले गर्नु भएको थियो ।

    साथै अतिथिहरुमा समितिका सल्लाहकारहरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारीले गर्नु भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक नेता महामानव स्वर्गीय बिपि कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारणा गरिएको थियो। यस कार्यक्रमको सन्चालक समितिका सहमहामन्त्री सूर्य रानाले गर्नु भएको थियो।

    त्यस्तै स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले दिनु भएको थियो भने कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं, समाजसेवी नेहा गुरुङ, सहमहामन्त्रीहरु प्रभा घिमिरे, इन्दिरा सुवेदी, महामन्त्री राज छत्कुली, उपसभापति गौरी माया सुवेदी र समितिका प्रमुख सल्लाहकार डम्बर गुरुङले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य राख्नु भएको थियो।

    मन्तव्यमा वीपीले देखाउनुभएको समाजवादलाइ अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव सम्पूर्ण वक्ताहरुले राख्नुभएको थियो।

    अन्त्यमा समितिका सभापति खगेश्वर अधिकारीले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सकिएको घोषणा गर्दै सभा बिसर्जन गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal