News Portal

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

हिमालीसंचार संवाददाता
२८४ पटक

कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयाेजना हुने भएको छ । मञ्चकाे अाज १९ अप्रिल २०२४ शुक्रबारका दिन बसेको बैठकले नेपालबाट केन्द्रिय नेतालाइ अतिथिको रूपमा कुवेतमा ल्याइ अधिवेशनघ सम्पन्न गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले मिडियालाई जानकारी दिएका हुन् ।

मञ्चको पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न गर्न अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्यक्रमको तयारी गर्ने निर्णय गर्दै कुवेतमा कार्यरत सम्पुर्ण श्रमिक साथीहरूलाइ सम्पर्कमा अाउन पनि मञ्चले आह्वान गरेको छ । नेपालबाट आउने केन्द्रिय नेता तथा कार्यक्रम सम्पन्न गर्ने हलको तय नभइ सकेको बतउँदै केन्द्रिय प्रतिनीधि र हलको तय भएपछि जानकारी गराउने पनि अध्यक्ष मगरले बताएका छन् ।

मञ्चले पाँचाै राष्ट्रिय अधिवेशनलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ मञ्चको पाँचाै राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ ।

“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०११ मा गठन भइ कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ । मञ्चले प्रवासमा रहेर पार्टी केन्द्रको नीति निर्देशनलाई पालना गर्दै पार्टी प्रति आस्थावानहरुलाई गोलबद्ध गर्दै संगठन बिस्तार गर्ने, प्रवासी श्रमिकहरुका हक हितमा कार्य गर्दै कुवेतमा रहेका अन्य संघ सँस्थाहरुसँग हातेमालो गर्दै सहकार्य गर्दै र मातृभूमि नेपालमा घटेका बिभिन्न प्रकोपमा पार्टी केन्द्र मातहत रहेर राहत सहयोगका कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन ।
मितिः ७ जुन २०२४ शुक्रबार ।
स्थानः तय नभइसकेको
समयः दिनको ठिक ११ बजे ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...