News Portal

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ मा हुँदै

हिमालीसंचार संवाददाता
३८६ पटक
२०२४ अप्रिल १३ तारिख शनिवार

कुवेत सिटी। तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ तारिख शुक्रबारको दिन हुने भएको छ।

कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचनसहित तेश्रो अधिवेशन गरिने समाजले जानकारी दिएको छ।

कुवेतकाे फर्वानियास्थित पार्कमा सोम खत्रीको संयोजकत्वमा बसेको तदर्थ समितिको बैठकले उक्त निर्णय गरेको हो। समाजले सोम बहादुर खत्रीलाई अधिवेशन संयोजक तोक्दै तदर्थ समिति गठन गरी अधिवेशन समारोहको तयारी थालेको बताइएको छ। समाजले कार्यक्रम स्थल भने केही समय पश्चात् तय गरि जानकारी दिने जनाएको छ।

सोही दिन कुवेतमा क्रियाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष/प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कुवेतमा कार्यरत रहनुभएका सम्पूर्ण तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति संयोजक सोम खत्रीले अनुरोध गरेका छन।

साथै सोही दिन उनले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेका छन।

कार्यक्रम हुने:-

मिति : १२ जुलाई २०२४ शुक्रवार
समय र स्थान : तय भई नसकेकाे
आयोजक : तनहुँ सेवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...