News Portal

जनसम्पर्क समिति इजरायलले मनायो ३७ औं बिपि स्मृति दिवस !

हिमाली संचार संवाददाता
६०३ पटक

इजरायल, २९ जुलाई : नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलले महामानव स्वर्गीय बिपि कोइरालाको ३७ औं स्मृति दिवसका साथै समितिको ऐतिहासिक तेश्रो वार्षिक स्थापना दिवस इजरायलको तेल अभिव याफोमा भव्यताका साथ मनाइएको समितिका महामन्त्री राज छत्कुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा सभापतिको आसन ग्रहण संस्थाका सभापति खगेश्वर अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङले गर्नु भएको थियो ।

साथै अतिथिहरुमा समितिका सल्लाहकारहरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारीले गर्नु भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक नेता महामानव स्वर्गीय बिपि कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारणा गरिएको थियो। यस कार्यक्रमको सन्चालक समितिका सहमहामन्त्री सूर्य रानाले गर्नु भएको थियो।

त्यस्तै स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले दिनु भएको थियो भने कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं, समाजसेवी नेहा गुरुङ, सहमहामन्त्रीहरु प्रभा घिमिरे, इन्दिरा सुवेदी, महामन्त्री राज छत्कुली, उपसभापति गौरी माया सुवेदी र समितिका प्रमुख सल्लाहकार डम्बर गुरुङले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य राख्नु भएको थियो।

मन्तव्यमा वीपीले देखाउनुभएको समाजवादलाइ अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव सम्पूर्ण वक्ताहरुले राख्नुभएको थियो।

अन्त्यमा समितिका सभापति खगेश्वर अधिकारीले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सकिएको घोषणा गर्दै सभा बिसर्जन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...