News Portal

  • शिक्षित महिलाहरुसमेत भारतलगायत खाडी मुलुकमा बेचबिखन

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    स्मृति ढुंगाना,
    काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो।

    उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ। यस्तै मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट पक्राउ परे।

    उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई भारतको बैंगलोर पुर्‍याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ। २०७० फागुन ४ गते काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलोर पुर्‍याइएकी किशोरी माइती नेपालको सहयोगमा २०७१ वैशाख १५ गते नेपाल फर्केकी थिइन्। त्यसलगत्तै पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान गरिरहेको छ।

    यसैगरी एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याइएको अभियोगमा काठमाडौंको सिनामंगलबाट बागलुङको गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का आइतबार पक्राउ परेका छन्। उनी पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ तलब हुनेलगायत प्रलोभनमा पारी विभिन्न मितिमा आठ लाख ५४ हजार रुपैयाँसमेत लिई दुई वर्षअघि भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्ड पुर्‍याएर यौन शोषण गरी अलपत्र पारेर फरार भएका थिए।

    गत वर्ष आफन्तको सहयोगमा नेपाल आइपुगेकी पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यी मानव बेचबिखनसम्बन्धी प्रतिनिधि घटना हुन्। ब्युरोको तत्थांकअनुसार पछिल्लो तीन वर्षमा ५२८ वटा मानव बेचबिखनका मुद्दामा संलग्न भएको अभियोगमा ६९३ जना पक्राउ परेका छन्। तीमध्ये ४८७ जना पुरुष र २०६ जना महिला छन्।

    मानव बेचबिखनका घटनामा संलग्न ४६८ जना फरार छन्। आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका २५८ वटा मानव बेचबिखन घटनामा ३३३ जना पक्राउ परेका थिए भने १९१ जना फरार भएका थिए। त्यस्तै आव ०७६/७७ मा दर्ता भएका १३६ वटा मुद्दामा १९८ जना पक्राउ परेका थिए भने १४२ जना फरार भएका थिए।

    आव ०७७/७८ मा हालसम्म दर्ता भएका १३४ वटा मुद्दामा १६२ जना पक्राउ परेका छन् भने १३५ जना फरार छन्। ब्युरोको त्रिवर्षीय तथ्यांकअनुसार मानव बेचबिखनका ५२८ वटा मुद्दामा ७०७ जना पीडित भएका छन्। तीमध्ये ६१८ जना महिला र ८९ जना पुरुष छन्। सोही अवधिमा अभियुक्तको संख्या एक हजार १६१ छ।

    राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनसम्बन्धी प्रतिवेदन २०७६’ अनुसार नेपालका डान्सबार, दोहोरी साँझ, मसाज पार्लर, गेस्टहाउसलगायत मनोरञ्जनात्मक व्यवसायमा महिला तथा बालबालिका जबर्जस्ती श्रम, यौन शोषण तथा बेचबिखनको सिकार भइरहेको छन्।

    ब्युरोका प्रवक्ता अनुराग द्विवेदीका अनुसार कमजोर आर्थिक अवस्था भएका महिला र बालिका यौनशोषण तथा बेचबिखनमा पर्ने गरेका छन्। ‘परिवारबाट सुविधा नपाएपछि रोजगारी गरेर पैसा कमाउन खोज्दा बेचबिखनमा पर्ने गरेका छन्,’ उनले भने, ‘मानव बेचबिखनको जोखिममा महिला र बालिका हुने गरेका छन्।

    मनोरञ्जनका नाममा उनीहरू बेचबिखनमा पर्ने गरेका छन्।’ वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा पनि मानव बेचबिखन हुने गरेको छ। अधिकारीहरूका अनुसार मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको छ।

    २०७५ देखि हालसम्म बेचबिखन भएर विभिन्न देशमा पुगेका ३२७ जनालाई उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट पछिल्लो तीन वर्षमा २४३ जनाको उद्धार गरी नेपाल फर्काइएको ब्युरोले जनाएको छ। भारतसहित श्रीलंका, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यानमारलगायत देशबाट २६१ जना महिलाको उद्धार गरी स्वदेश फकाईएको छ। यस अवधिमा देशभित्रै १४२ जनाको उद्धार गरिएको छ।

    आन्तरिक रुपमा हुने बेचबिखन रोक्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विभिन्न संघसंस्थाको सहकार्यमा जिल्लास्तरीय अनुगमन टोली बनाइने प्रवक्ता द्विवेदीले जानकारी दिए। ‘पछिल्ला वर्षमा महिला बेचबिखन नयाँ स्वरूपमा विकसित भइरहेकाले न्यूनीकरणका लागि चुनौती थपिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal