News Portal

  • केसी प्रकरण सल्ट्याउन मध्यरातमा प्रधानमन्त्री सक्रिय, तोडिएला त अनसन ?

    संवाददाता
    ३७४ पटक

    काठमाडौं– अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबारसाँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन : अर्को वार्ता भएको छ ।  उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको वार्ता टोलीले सहमति जुटाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले नै अग्रसरता देखाएका हुन् ।

    उक्त वार्तामा केसीका तर्फबाट डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द भण्डारी रहेका थिए भने सरकारकातर्फबाट सरकारी वार्ता टोलीसहित डा. दिव्यासिंह साह तथा नेकपाका नेता समेत रहेका सुवासचन्द्र नेम्वाङ सहभागि थिए ।
    बुधबार भएको वार्ता असफल भएपछि राति १२ वजे पुनः बालुवाटारमा वार्ता भएको नेता नेम्वाङले रातोपाटीलाई बताए । ‘रातिको वार्ता धेरै पाजेटिभ छ, सम्भवत आजै लिखित सहमति गरेर डा. केसीको अनसन तोडिन्छ’ नेम्वाङले भने ‘प्रधानमन्त्री पनि समस्या समाधानमा सकारात्मक हुनुहुन्छ ।’

    श्रोतका अनुसार मध्यरातमा प्रधानमन्त्रीकै उपस्थितिमा भएको वार्तामा विधेयक फिर्ता भने नगर्ने बरु विधेयकमा केसीका माग समेट्न सकिनेमा प्रधानमन्त्री समेत सकारात्मक भएको बताइएको छ ।

    मध्यरातको सहमतिअनुसार  केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र डा. दिव्यासिंह शाहलाई दिइएको छ । सोही अनुसार माथेमासहितको टोलीले बिहीबार पुन प्रधानमन्त्रीसँग समेट्ने बुँद्धाबारे छलफल गरेको बालुवाटार श्रोतले जनाएको छ ।

    त्यो विषय  विधेयकमा मिलाउने जिम्मा नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई दिइएको छ ।

    बुधबार साँझ दुवैतर्फका वार्ता टोलीबीच भएको छलफलमा सरकारी पक्षले केसीका मागप्रति वेवास्ता गरेको भन्दै सकिएको थियो । त्यसक्रममा केसी पक्षधर माग पूरा गर्ने सुनिश्चित नभएसम्म वार्तामा नवस्ने भन्दै बाहिरिएको थियो ।

    यता, सरकारी पक्षले भने, वार्तामा काङग्रेस र विवेकशील साझा पार्टीका कारण सहमति हुन नसकेको प्रतिकृया दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal