News Portal

विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ।

केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा ९ औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले यसलाई पारित गरेको नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए।

आजदेखि सुरू बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौैं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने योजनासहितको प्रस्ताव पेस गरेका छन्।

बैठकमा विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताए।

सम्बोधन गर्ने क्रममा उनले ‘चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने’ बताए।

‘चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने भनिएको चुनावलाई पनि त्यसरी नै लिनुपर्छ’, उनले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...