News Portal

केसी प्रकरण सल्ट्याउन मध्यरातमा प्रधानमन्त्री सक्रिय, तोडिएला त अनसन ?

संवाददाता
५१४ पटक

काठमाडौं– अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबारसाँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन : अर्को वार्ता भएको छ ।  उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको वार्ता टोलीले सहमति जुटाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले नै अग्रसरता देखाएका हुन् ।

उक्त वार्तामा केसीका तर्फबाट डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द भण्डारी रहेका थिए भने सरकारकातर्फबाट सरकारी वार्ता टोलीसहित डा. दिव्यासिंह साह तथा नेकपाका नेता समेत रहेका सुवासचन्द्र नेम्वाङ सहभागि थिए ।
बुधबार भएको वार्ता असफल भएपछि राति १२ वजे पुनः बालुवाटारमा वार्ता भएको नेता नेम्वाङले रातोपाटीलाई बताए । ‘रातिको वार्ता धेरै पाजेटिभ छ, सम्भवत आजै लिखित सहमति गरेर डा. केसीको अनसन तोडिन्छ’ नेम्वाङले भने ‘प्रधानमन्त्री पनि समस्या समाधानमा सकारात्मक हुनुहुन्छ ।’

श्रोतका अनुसार मध्यरातमा प्रधानमन्त्रीकै उपस्थितिमा भएको वार्तामा विधेयक फिर्ता भने नगर्ने बरु विधेयकमा केसीका माग समेट्न सकिनेमा प्रधानमन्त्री समेत सकारात्मक भएको बताइएको छ ।

मध्यरातको सहमतिअनुसार  केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र डा. दिव्यासिंह शाहलाई दिइएको छ । सोही अनुसार माथेमासहितको टोलीले बिहीबार पुन प्रधानमन्त्रीसँग समेट्ने बुँद्धाबारे छलफल गरेको बालुवाटार श्रोतले जनाएको छ ।

त्यो विषय  विधेयकमा मिलाउने जिम्मा नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई दिइएको छ ।

बुधबार साँझ दुवैतर्फका वार्ता टोलीबीच भएको छलफलमा सरकारी पक्षले केसीका मागप्रति वेवास्ता गरेको भन्दै सकिएको थियो । त्यसक्रममा केसी पक्षधर माग पूरा गर्ने सुनिश्चित नभएसम्म वार्तामा नवस्ने भन्दै बाहिरिएको थियो ।

यता, सरकारी पक्षले भने, वार्तामा काङग्रेस र विवेकशील साझा पार्टीका कारण सहमति हुन नसकेको प्रतिकृया दिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...