News Portal

  • ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

    हिमाली संचार संवाददाता
    ३९५ पटक
    २०७७ आषाढ २४, बुधवार

    ऐजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ‘द गार्डियन’ ले जनाएको छ। सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

    बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले कोरोनालाई ‘सामान्य फ्लू’ भन्दै लकडाउनको विरोध पनि गरेका थिए। लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए।

    गार्डियनका अनुसार पहिले उनी मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे। केही दिनअघि ब्राजिलका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको एक फोटामा राष्ट्रपति बोलसोनारो र अरू नेता बिना मास्क देखिएका थिए।

    सोमबारदेखि भने उनले ब्राजिलमा सार्वजनिक स्थान मास्क लगाउन अनिवार्य गरेका छन्। ६५ वर्षीय बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिएका हुन्। 

    पत्रकार सम्मेलनमा उनका भनाइ उद्धृत गर्दै गार्डियनले लेखेको छ, ‘यसमा डराउनु पर्ने कुनै कारण छैन। यो नै जीवन हो। जीन्दगी चलिरहन्छ। म भगवानलाई धन्यवाद दिन चाहन्छु, मलाई ब्राजिलजस्तो महान देशको भविष्य तय गर्ने भूमिका दिएकामा।’

    गत मार्चमा बोलसोनारोले कोरोनालाई अरू ‘फ्लू’ भन्दा सामान्य भएको टिप्पणी गरेका थिए। ‘मैले बुझेअनुसार कोरोना भाइरसभन्दा अरू प्रकारका फ्लूका कारण धेरै मान्छे मरेका छन्,’ उनले भनेका थिए।

    यसको केही समयपछि उनले आफूलाई संक्रमण भइहाले पनि यसलाई मामुली फ्लू नै मान्ने बताएका थिए। अप्रिलमा पनि उनले आफूलाई कोरोना संक्रमण भए कुनै चिन्ता नहुने बताउँदै धेरै भए साधारण रुघामर्कीको अनुभव हुने भनेका थिए।

    त्यो बेला ब्राजिलमा जम्मा ४० हजार कोरोना संक्रमित थिए भने ३ हजारभन्दा कमको मृत्यु भएको थियो। पछि कोरोना एकदमै फैलियो र अहिले संक्रमणमा ब्राजिल संसारकै दोस्रो नम्बरमा छ ।

    जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा कोरोना संक्रमितको कुल संख्या अहिले १६ लाख २३ हजारभन्दा बढी छ र ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal