News Portal

  • दशैं सकिएसँगै बैंकमा तरलता अभाव

    हिमाली संचार संवाददाता
    ३८० पटक
    कार्तिक ५, २०७६ काठमाडौं : दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ। विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो। विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो।
    तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो। दशैंअघि अधिक तरलता रहेको अवस्थामा बैंकहरु निक्षेप नहेरी कर्जा विस्तारमा हौसिए। फलस्वरूप, दशैंलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ।
    बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)ले समेत गर्छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था गरेको छ तर, लगानीयोग्य रकमको अभाव हुँदा केही बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको राष्ट्र बैंकले बताएको छ।
    राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीसीडी रेसियो औसतमा ७६ प्रतिशत रहेको जानकारी दिए। उनले भने – ‘तरलता अहिले ५३ अर्ब छ, सीसीडी रेसियो कुन–कुन बैंकको ८० प्रतिशत नाघ्यो भनेर हेर्नै पर्ने हुन्छ।
    निक्षेप–कर्जाको पछिल्लो अवस्था
    असोजको अन्तिम साता (२४ गतेसम्म) वाणिज्य बैंकहरूमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने २६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। पछिल्लो तथ्यांक हेर्ने हो भने निक्षेप र कर्जा दुवै घटेको देखिन्छ।
    असोज १७ गतेसम्म वाणिज्य बैंकहरूले २६ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकर्स एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए। शर्माका अनुसार, एक सातामै ५ खर्ब रुपैयाँले कर्जा लगानी घटेको छ। असोज १७ सम्म २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज २४ सम्म आइपुग्दा २६ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ। यसको कारण भनेको निक्षेप नै हो। बैंकहरुमा निक्षेप घट्दो छ।
    कार्यकारी निर्देशक शर्माले दिएको जानकारीअनुसार वाणिज्य बैंकहरुले असोज १० सम्म २९ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। असोज २४ सम्म आइपुग्दा त्यो घटेर २९ खर्ब २४ अर्ब रुपैयाँमा झरेको थियो। असोज १७ मा भने निक्षेप २९ खर्ब २० अर्बमा झरेको थियो, त्यसको एक सातामा केही सुधार भएको हो।
    दशैं सकिएसँगै केही रकम बैंकिङ प्रणालीमा आएका कारण निक्षेपमा थोरै सुधार हुने संकेत देखिए पनि तिहारले गर्दा समस्या सिर्जना हुने देखिएको छ। तिहारमा पनि ठूलै आर्थिक कारोबारहरू हुने भएकाले यसलगत्तै तरलतामा थप चाप पर्ने पक्कापक्की छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal