News Portal

गृहपृष्ठ राजनीति, समाचार

ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा टुक्रा–टुक्रामा प्रस्तुत गरिएको भन्दै केही फेसबुक पेजलाई सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको छ।...बाँकी

आजदेखि चलनचल्तीमा आयो १ सय रुपैयाँको नयाँ नोट

काठमाडौँ, मंसिर ११ – नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा ल्याएको छ। पुरानै आकार र रङ जस्तै देखिने यो नोटमा सुरक्षात्मक विशेषता र पहिचान सहज हुने तत्व थपिएका...बाँकी

फूलखर्क कल्याणकारी समाजको बाह्रौँ वार्षिक साधारण सभा पौष १२ गते सम्पन्न हुने

धादिङ, मंसिर १० — फूलखर्क कल्याणकारी समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा यही २०८२ पौष १२ गते आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको सूचना अनुसार साधारण सभा साझा पार्टी प्यालेस, जरंखुमा बिहान ८ बजे...बाँकी

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरह्ने व्यवस्था लागू गर्न तयारी: मन्त्री पुन

काठमाडौं, १० मंसिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुनुपर्ने व्यवस्था लागू गर्न आफू लागिपरेको बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले भने, “विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति...बाँकी

कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ। निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो...बाँकी

वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

काठमाडौँ, १० मंसिर – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क मंसिर १० गतेदेखि बढाइएको छ। नेपाल मेडिकल व्यवसायी संघले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्दै नयाँ शुल्क लागू गर्ने निर्देश व्यवसायीहरूलाई जारी गरेको छ। यसअघि...बाँकी

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व...बाँकी

साम्राज्ञी र विशाल खरेलको सम्बन्ध सार्वजनिक भएपछि विवाद

काठमाडौं, मंसिर १० – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै सार्वजनिक गरेको इन्गेजमेन्टपछि उनका हुनेवाला श्रीमान् विशाल खरेलको निजी जीवनबारे नयाँ जानकारी बाहिरिएको छ। अमेरिका बसेर काम गर्दै आएका खरेल एक सन्तानका बाबु र केही समयअघि...बाँकी

वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानित

रबिन्द्र बराल/ मंसिर १० – मोरङ, रंगेली–९ स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव मनाएको छ। मंगलबार संस्थाको वार्षिक आम्दानी–खर्च सार्वजनिक गर्नुका साथै किर्तन परिवारभित्रका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता...बाँकी

११औं उद्योग दिवसमा रंगेलीका थापा उत्कृष्ट

रबिन्द्र बराल/ मंसिर १० – “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग कार्यालयले हरेक वर्ष आयोजना...बाँकी