News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका

    दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर पुग्यो

    काठमाडौं – दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश...बाँकी

    काठमाडौंको फोहोर व्यवस्थापनमा अड्चन, थुप्रिएका फोहोरमैलाले सडक दुर्गन्धित

    काठमाडौं – काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ । काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुप्रिँदै आएको हो। यही जेठ...बाँकी

    हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक हवाई भाडा बढ्यो

    काठमाडौं – हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ...बाँकी

    अझै रोकिएन राजस्व छलीका शृंखला

    काठमाडौं – राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् । यसैक्रममा...बाँकी

    पेट्रोलियम पदार्थमा कर छुटको विकल्प

    काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा नै...बाँकी

    जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

    काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ। दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र...बाँकी

    नेपाल सरकारले वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

    काठमाडौं – विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान...बाँकी

    सार्वजनिक दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

    काठमाडौं – सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि...बाँकी

    स्थानीय तहको पुरै परिणाम सार्वजनिक नहुदै सत्ता गठबन्धनमा सकस

    काठमाडौं – स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका...बाँकी

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पोसाक परिवर्तन

    काठमाडौं – सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै...बाँकी