News Portal

देउवाले नडोर्याउला की भन्ने त्रास प्रचण्ड–नेपाललाई, ओलीसँग मिल्न पुग्ने हुन् की भन्ने त्रास देउवालाई !

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं। गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी। स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित ५ दलको गठबन्धन बनेको थियो। एमसीसी अनुमोदन गर्ने निर्णयसँगै यो टिमबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ। आगामी चुनावसम्म चार दल मिलेर अघि बढ्लान् कि नबढ्लान् भन्नेमा अन्योल कायमै छ।

सिंहदरबारको चाबी कांग्रेसलाई सुम्पेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो अस्तित्व जोगाउन गठबन्धन नभई नहुने देखिन्छ। सहकार्य टुट्ने त्रासकै कारण उनीहरूले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न साथ दिए। तर, कांग्रेसले साथ लिएरै चुनावमा जानेमा ढुक्क देखिँदैनन्। ​

भित्रीरूपमा काँग्रेस गठबन्धनको पक्षमा छैन। तर, ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्न देउवा पक्ष गठबन्धन भत्काउन चाहँदैन। देउवाले दाहाल र नेपाललाई ‘लतारेर’ एमसीसी अनुमोदनमा सहमत गराए। निर्वाचनमा त्यसरी नै लैजान चाहन्छन् देउवा। दाहाल र नेपाललाई एमालेसँग नजिक हुन नदिने रणनीति देउवाको छ।​ यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...