आज : २०२६-०६-२७, शनिबार

सिसाको ग्लासलाई अफ्रिकी महिलाले सेक्स टोयको रुपमा प्रयोग गर्दा…

एजेन्सी। उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेको छ। ४५ वर्षीया ती महिलालाई गुप्ताङगमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकले उनको शल्यक्रियापछि गुप्ताङगमा सिसाको ग्लासको ठूलो टुक्रा फेला पारेका हुन्। उनको गुप्ताङगमा ४ वर्षदेखि सिसाको ग्लास अड्किएको शल्यक्रियापछि थाहा भएको हो।

न्यूयोर्कपोस्टका अनुसार ती महिलाको गुप्ताङ्गमा सधैंजसो समान्य दुखाइ हुने गर्दथ्यो। त्यसो हुँदा उनी पटक–पटक शौचालय जाने गर्थिन्। उनलाई लागेको थियो आफूलाई पिसावमा कुनै खराबी भएको भनेर तर, दुखाइ अचानक बढेपछि उनी अस्पताल पुगिन्।

चिकित्सकहरुले उनको स्वास्थ्य जाँचपछि पिसावमा कुनै इन्फेक्सन नभएको र उनको शरीरमा ८ सेन्टीमिटर चौडाइ भएको ब्लाडर स्टोन (मुत्राशयमा ढुङ्गा) भेटियो। तर त्यो ब्लाडर स्टोन भनेको नै सिसाको ग्लासको टुक्रा थियो।

त्यो सिसाको टुक्रा ती महिलाको गुप्ताङ्गबाट पिसाब थैलीसम्म पुगेको थियो। ती महिलाले धेरै वर्ष अगाडि सिसाको पानी पिउने ग्लालासलाई सेक्स टोयको रुपमा प्रयोग गरेको खुलासा गरिन् र उनको गुप्ताङ्गमा सिसाको टुक्रा त्यसरी अड्किएको पत्ता लागेको हो।

यद्यपी ती महिलाको शल्यक्रिया गर्ने स्फ्याक्स शहरको हबिब बोर्गुइबा अस्पतालले भने यसबारे केही बताएको छैन। महिलाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ।

ती महिलाको शल्यक्रिया सन् २०२१ मा भएको हो। तर, अहिले सामाजिक सञ्जालमा शल्यक्रियाको तस्वीरहरू भाइरल भएपछि यो खबर बाहिरिएको हो।