News Portal

दिनभर चरम यातना खेपेका बालकको उद्धार

हिमालीसंचार संवाददाता
४२० पटक

रमेशचन्द्र अधिकारी
धनकुटा। आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन)को बिहीबार राति उद्धार गरिएको छ।

उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरिएको हो। पैसा चोरीको आरोपमा उनकै हजुरबुबाले मादक पदार्थ सेवन गरी नातिलाई खाबोमा बाँधेर चरम यातना दिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

जानकारीपछि हिले प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो। घटनास्थलमा प्रहरी हवल्दार गणेश थापा मगर सहितको टोली पुगेको थियो। हात खुट्टा बाँधेर यातना दिइरहेको अवस्थामा प्रहरीले बालकको उद्दार गरेको हवल्दार थापा मगरले जनाए।

बालकलाई प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए। चोरीको आरोपमा बालकलाई हजुरबुवा र आफन्तले चरम यातना दिएका हुन्।

प्रहरीले हजुरबुबालाई चेतावनी दिँदै बालकको उद्धार गरेको हो। हजुरबुबा र आफन्तले बिहीबार बिहानदेखि साँझसम्म खम्बामा बाँधेर यातना दिएका थिए। बालकको नातामा हजुरआमा पर्ने चित्रमायाका अनुसार बाँधेर सिस्नु पानी र दाउराले कुटपिट गर्दा मुखबाट समेत रगत बगेको थियो। छरछिमेकसमेत उद्धार गर्नुको सट्टा रमितेमात्र बनेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...