श्रावण महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक कैलाश लिम्बू

मोरङ-जिल्ला प्रहरी कार्यालय मोरङले श्रावण महिनाको उत्कृष्ट प्रहरीका रूपमा रतुवामाईस्थित इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बूलाई छनोट गरेको छ।
नेपाल प्रहरीले प्रत्येक महिना प्रहरी कर्मचारीको उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी प्रहरी सेवा, शान्ति–सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका, अनुशासन तथा जिम्मेवारीप्रतिको समर्पणलगायतका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।
सोही मूल्यांकनका आधारमा प्रहरी निरीक्षक लिम्बूलाई श्रावण महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिजुवाले नागरिकको सुरक्षा, सेवा प्रवाह तथा जनविश्वासलाई प्राथमिकतामा राख्दै शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
प्रहरी निरीक्षक लिम्बूको नेतृत्वमा सिजुवा प्रहरीले आगामी दिनमा समेत नागरिकमैत्री प्रहरी सेवा, अपराध नियन्त्रण तथा शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्ने अपेक्षा गरिएको छ।


















