देश जलाए खरानीको व्यापार : बदलिँदो राजनीतिक परिवेशप्रति गम्भीर चिन्ता

काठमाडौं। “देश जलाएर खरानीको ब्यापार”
भनिन्छ शिखर चढ्न जति गारो हुन्छ। त्यो भन्दा सैयौ गुण गारो हुन्छ, शिखरमा टिक्न। त्याहाँबाट झरेपछि फेदैमा हो। आज पुराना राजनीतिक दलहरुलाई त्यस्तै भैरहेको छ। आफ्नो हातमा शक्ति हूँदा सदुपयोग गर्न नजान्ने, देश भन्दा ठूलो मेरो पार्टि हो। पार्टि भन्दा ठूलो शक्तिशाली मै हूँ म भन्दा माथि, कोही छैन भन्ने घमण्डले जसरी हिजोका दलहरु धरासायी हुन पुगे। नेताहरुले जे गरेपनि, जे बोलेपनि लाल मोहर सम्झिने दास कार्यकर्ताहरुको तालिको गडगडाहटले उन्मादमा पुगेर आफ्नो धरातल बिर्सिएका थिए। त्यहि उन्माद बिस्तारै आजको नयां शक्तिमा चढ्न सुरु भएको देखिन्छ।
“घमण्डले उन्माद भरिएका एकजना सांसदले बोलिदिए अब सिंहदरवारको नाम बदलेर ” अनाम नगर दरवार ” राख्नु पर्छ। भोलि अर्को सांसदले भन्लान अब ” देशको नाम नै बदल्नुपर्छ” कोही भन्दै थिए, सेनाको संख्या २५/३० हजार भए पुग्छ। देशै अन्तै बिलय गरे हुन्छ। हामिले चुनेका बिधाएकहरु कस्ता रहेछन् ?”
जेएन्जी आन्दोलनको नाउमा राष्ट्रका सारा सम्पत्ति एतिहासिक धरोहरहरू जलाईयो। त्यसैको जगमा १८२ सिट हांसिल गर्न सफल भएको रास्वपा पार्टी त्यस्का सांसदहरुको अभिब्यक्ति सुन्दा लाग्छ। सांसद भनेको त धेरै ठुलो मान्छे आफुले बोलेको सबैकुरा कानुन हो। तुरुन्त परिवर्तन भैहाल्छ। त्यहि घमण्डले उन्माद भरिएका एकजना सांसदले बोलिदिए अब सिंहदरवारको नाम बदलेर ” अनाम नगर दरवार ” राख्नुपर्छ। भोलि अर्को सांसदले भन्लान अब ” देशको नाम नै बदल्नुपर्छ” कोही भन्दै थिए, सेनाको संख्या २५/३० हजार भए पुग्छ। देशै अन्तै बिलय गरे हुन्छ। हामिले चुनेका बिधाएकहरु कस्ता रहेछन् ? हुन त प्रधानमन्त्रीले नै नेपालले पनि भारतको जग्गा मिचेको छ। प्रधानमन्त्री संग अनुरोध छ, यदि नेपालले मिचेको छ भने फिर्ता गर्नु पर्यो र भारतले कब्जा गरेको हाम्रो कालापानी, लिपुलेक लिम्पियाधुरा र सुस्ता छिटो फिर्ता गर्नुहोस्। प्रधानमन्त्री भनेको अल्लारे र उर्नठ्याउलो पाराले बोल्ने पद होईन। राष्ट्रको रक्षा गर्ने कार्यकारी संस्था हो। यस्को जवाफ संसदले आजसम्म पाएको छैन। यो ब्यबस्थापिका संसद माथिको अपमान हो। जनताले समयमै राम्रो संग चिन्न जरुरी छ। कतै आफुले हालेको भोटले आफैलाई लज्जित र अनागरिक बनाउने दिन नआओस्। यस्ता अभिब्यक्ति दिने सांसदहरुलाई कसरी नेपाली भन्न सकिन्छ ? सम्मानित संसदले तुरुन्त कारवाही गर्न ढिलो नगरोस यो पनि एउटा राष्ट् द्रोही अभिब्यक्ति हो।
“पुराना दलहरु त आफ्नै आन्तरिक उल्झनमा छन्। हिजो सरकारमा बसेर गरेका नैतिक , अनैतिक, भ्रष्टाचार, बिचौलिया, माफियाहरुबाट आर्जन गरेका भौतिक, आर्थिक लाभलाई झल्झल्ती सम्झिएर बरबराउन थालेका छन्।”
पुराना दलहरुको कुकर्मले जन्माएका शक्तिहरुबाट पनि देश सुरक्षित छैन। विश्व राजनीतिमा आएको बदलावले हामिलाई पनि अछुतो राख्छ भन्ने छैन। त्यसमा पनि नेपालमा अघोषित रुपमा बढ्दै गएको बिभिन्न देशका सरनार्थि हाम्रो लागि भयानक खतरा नहोला भन्न सकिन्न। सरकारले यतातर्फ ध्यान दिएको देखिदैन। पुराना दलहरु त आफ्नै आन्तरिक उल्झनमा छन्। हिजो सरकारमा बसेर गरेका नैतिक , अनैतिक, भ्रष्टाचार, बिचौलिया, माफियाहरुबाट आर्जन गरेका भौतिक, आर्थिक लाभलाई झल्झल्ती सम्झिएर बरबराउन थालेका छन्। राजनीति जस्तो पबित्र नीतिलाई ब्यापार बनाउनेहरु अब सिंहदरबारको खरानीको समेत ब्यापार सुरु गर्ने धन्दामा सक्रिय हुन लागेको देखिन्छ।
एमाले नेता केपी शर्मा ओली सरकारलाई तुरुन्त छोड तिमिहरुबाट सरकार चल्दैन, उहांको भनाइबाट लाग्छ यो देश सांच्चै ओली जीले बिर्तामा आर्जन गर्नु भएको हो , तपाईहरु के बोल्दै हुनुहुन्छ ? त्यसैले प्रचण्ड जी ” धोबीलाई हतार भयो भनेर राति घाम लाग्दैन “।प्रचण्ड जी भन्नुहुन्छ ” यो सरकार कम्पास हराएको जहाज जस्तै हो ” धेरै लामो समय जान सक्दैन। हामी भन्छौ, प्रचण्ड जी सरकार कतिजाला, नजाला भन्ने तर्फ भन्दा पनि आफु कहांछौ भन्ने सोच्दा राम्रो होला। आजकल दुई ठूला कम्निस्ट नेताहरु फेरि धेरै बोल्न थाल्नुभएको छ। याद राख्नुहोस तपाईहरु जति बकबक गर्नु हुन्छ नी सरकारको आयु त्यतिनै लामो हुन्छ। एमाले नेता केपी शर्मा ओली सरकारलाई तुरुन्त छोड तिमिहरुबाट सरकार चल्दैन, उहांको भनाइबाट लाग्छ यो देश सांच्चै ओली जीले बिर्तामा आर्जन गर्नु भएको हो , तपाईहरु के बोल्दै हुनुहुन्छ ? त्यसैले प्रचण्ड जी ” धोबीलाई हतार भयो भनेर राति घाम लाग्दैन “। यो सरकार कति चल्छ, चल्दैन तर यति बुझ्नु होस्, तपाईहरुको पुनरागमन भने अबलाई त्यति सजिलो छैन।
राजनैतिक दलहरुको टुटफुटले ईमान्दार कार्यकर्ताहरु आजित भएका छन्। नेपाली कांग्रेस भित्र त्यस्तै लजास्पद स्थिति देखिन्छ। शीर्ष नेताहरु पार्टि जसरि पनि मिल्नुपर्छ, भनेर मिलाउन लागिरहदा सोहि पार्टिका भूरे, टाकुरे नेताहरु बिषेश महाधिवेशनबाट आएका सभापति गगन थापालाई अत्यन्त तल्लो स्तरको गाली दिदैछन्। जो हिजो स्वास्थ्य मन्त्री भैसकेका ब्यक्ति हुन्। यस्तो प्रबृत्ति देखाउनेहरुलाई पार्टि नमिलेको राम्रो होला। नेताका आडमा हिजो राजनीतिलाई कमाउ धन्दा बनाएकाहरुलाई पार्टी फुटेको राम्रो लाग्न सक्छ तर जस्का पुर्खाले निर्माण गरेको पार्टी फुटेको हेर्न गारो छ। यो बुझिदिने कस्ले ? नेता शेखर कोइराला र शशांक कोइराला सबै भन्दा बढी पिडामा देखिन्छन्। आजका पिडीहरु पुर्खाले स्थापित गरेको ईतिहांस, राष्ट्रको लागि पुर्याएको योगदानको कदर, अनुसरन र सम्मान गर्दा आफु कमजोर भएको ठान्दछन्।
त्यसैले आज समाज, आपसी सम्बादमा भन्दा सामाजिक सन्जाल मार्फत अरुको सेखी झार्नुमा आफ्नो बुद्धिमानी सम्झिन्छन्। आधुनिकताले हामिलाई यति सम्म गाजि सकेको छ। समाज, परिवार, आफन्त र संस्कारबाट समेत एकल्याउदै लगेको देखिन्छ। देशको अभिभावकिए संस्था, ” राजसंस्थाले ” खेलेको भूमिका प्रति राजनीतिक दलहरुको उदासीननताले ल्याएको डरलाग्दो अबस्था, भू-राजनीति भित्र बढदै गएको खतरा, नयां शक्तिहरुको अल्लारे, उरन्ठयाउलो पनले निम्त्याएको खतरालाई नजर अन्दाज गर्ने बेला छैन। यो कुनै पनि बेला बिस्फोट नहोला भन्न सकिन्न। पार्टीहरुले आफ्नो दलको चिन्ता भन्दा पनि सर्वप्रथम देशको सुरक्षाको बारेमा संम्वाद सुरु गर्न ढिलो गर्नुहुँदैन। राष्ट्रिय एकता बिना देश सुरक्षित रहन सक्दैन। धेरै ढिलो नगरौं, श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।


















