News Portal

रास्वपा–उज्यालो नेपालको एकता प्रयास असफल, भित्री विवाद मुख्य बाधा

२४२ पटक

काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता प्रयास आज असफल भएको छ। पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म वार्ता भए पनि सहमति जुटाउन नसकिएको स्रोतले जनाएको छ।

रास्वपाका एक वरिष्ठ नेताले बताए अनुसार कार्यवाहक सभापतिमा कुलमान घिसिङको अडानले एकतालाई अवरुद्ध बनाएको हो। “उपसभापति दिन हामी तयार थियौँ, तर कार्यवाहक पदमा अडान राख्दा पार्टी बुझाउन सकिएन,” उनले भने।

उज्यालो नेपालका नेताहरूले भने असफलताको जिम्मेवारी पार्टीभित्रको विवादमा रहेको दाबी गरेका छन्। डीपी अर्यालले आफ्नो स्थान गुम्ने डरले सहमति प्रक्रियामा अवरोध सिर्जना गरेको उनको बुझाइ छ।

डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वार्ता सुरुमा सकारात्मक थियो। कुलमानले पार्टीको पूर्ण कमान्ड आफूले पाउनुपर्ने अडान राखेपछि अन्तिम सहमति जुट्न सकेन।

स्रोतका अनुसार, पूर्ण एकता असफल भए पनि आगामी चुनावमा दुवै पार्टीबीच तालमेलको सम्भावना अझै कायम रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...