News Portal

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

१४९ पटक

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ।

पार्टी प्रचार विभागका दामोदर अर्यालका अनुसार सुशासन कायम गर्न, संघीय गणतन्त्रलाई मजबुत बनाउन र समाजवादी आधार तयार गर्न वामपन्थी आन्दोलनलाई नयाँ रूपमा संगठित गर्नु अहिलेको मुख्य आवश्यकता भएको निष्कर्ष पार्टी बैठकले निकालेको छ। उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई मान्यता दिँदै सबै वाम दललाई भित्री सुधार र पुनर्गठनमा लाग्न आग्रह गरे।

जेनजी आन्दोलनमा पछिल्ला वर्षहरूमा परेको दमनका आदेश कसले दियो भन्नेबारे छानबिन हुनु पर्ने र दोषीलाई कानूनी कारबाही गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ। साथै, राज्यका उच्च तहमा बसेका नेता, न्यायपालिका, सुरक्षा निकायका अधिकारी तथा निजामती कर्मचारीहरूको सम्पत्ति जाँच गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने निष्कर्ष पनि पार्टीले सार्वजनिक गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने माग नेकपा (संयुक्त) ले गरेको छ।

यसबारे थप विवरण र समसामयिक राजनीति सम्बन्धी धारणा कार्यवाहक अध्यक्ष भुसालले आज दिउँसो २ बजे मैतिदेवीमा तय गरिएको पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...