News Portal

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

२१९ पटक

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ।

पार्टी प्रचार विभागका दामोदर अर्यालका अनुसार सुशासन कायम गर्न, संघीय गणतन्त्रलाई मजबुत बनाउन र समाजवादी आधार तयार गर्न वामपन्थी आन्दोलनलाई नयाँ रूपमा संगठित गर्नु अहिलेको मुख्य आवश्यकता भएको निष्कर्ष पार्टी बैठकले निकालेको छ। उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई मान्यता दिँदै सबै वाम दललाई भित्री सुधार र पुनर्गठनमा लाग्न आग्रह गरे।

जेनजी आन्दोलनमा पछिल्ला वर्षहरूमा परेको दमनका आदेश कसले दियो भन्नेबारे छानबिन हुनु पर्ने र दोषीलाई कानूनी कारबाही गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ। साथै, राज्यका उच्च तहमा बसेका नेता, न्यायपालिका, सुरक्षा निकायका अधिकारी तथा निजामती कर्मचारीहरूको सम्पत्ति जाँच गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने निष्कर्ष पनि पार्टीले सार्वजनिक गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने माग नेकपा (संयुक्त) ले गरेको छ।

यसबारे थप विवरण र समसामयिक राजनीति सम्बन्धी धारणा कार्यवाहक अध्यक्ष भुसालले आज दिउँसो २ बजे मैतिदेवीमा तय गरिएको पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...