News Portal

प्रधानमन्त्री इमरान खानलाई पद त्यागको दबाब

हिमालीसंचार संवाददाता
४२८ पटक

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ।

उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ। अर्कोतर्फ, सत्ता गठबन्धनको घटक दलले पनि साथ छाडेको छ। खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुताहिदा कवामी मुभमेन्ट पाकिस्तान पार्टीले समर्थन फिर्ता लिएको छ।

सिन्ध प्रान्तमा पकड रहेको उक्त दलले पाकिस्तान तेहरिक इ इन्साफ दल नेतृत्वको गठबन्धन छाडेको घोषणा गरेको हो। ६९ वर्षीय खान पाकिस्तानी टोलीका पूर्वकप्तान हुन्। उनी सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए।

पाकिस्तानको ७५ वर्ष लामो इतिहासमा कुनैपनि प्रधानमन्त्रीले संसदको एक कार्यकाल पूरा अवधि सत्तामा टिकेको रेकर्ड छैन। अविश्वासको प्रस्तावको यसै हप्ता सामना गर्ने भनिएकोमा खानसँग आवश्यक १७२ नपुग्ने देखिएको छ।

गठबन्धनको मुख्य दलले साथ छाडेको र आफ्नै पार्टीभित्र पनि विद्रोह भएकाले खान सत्ताबाट हट्ने अवस्थामा पुगेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...