News Portal

रास्वपासँगको एकतामा सहभागी नहुने मिलन पाण्डे, नयाँ राजनीतिक यात्राको संकेत

१९६ पटक

काठमाडौं, मंसिर १४ – विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकता घोषणाको अन्तिम तयारीमा रहेका बेला विवेकशील साझाका नेता मिलन पाण्डे भने उक्त प्रक्रियाबाट अलग रहने निर्णयमा पुगेका छन्।

अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा रहेको विवेकशील साझाले सभापति रवि लामिछानेको रास्वपासँग एकीकृत हुने तयारी गरिरहेको छ। तर पाण्डेले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत आफू एकतामा नजोडिने स्पष्ट पार्दै शुभकामना मात्र दिए।

फेसबुकमा उनले लेखेका छन् कि आफू केही समय ‘कुलिङ पिरियड’ लिएर बस्नेछन् । पाण्डेका अनुसार केही दिन वा केही महिना विश्राम लिएपछि अर्को चरणमा नयाँ शैली र नयाँ ढङ्गबाट राजनीतिक यात्रा अघि बढाउने योजना छ।

उनले आजदेखि आफू र विवेकशील दुवै ‘स्वतन्त्र’ भएको टिप्पणी गर्दै आगामी दिनमा भिन्न मोडबाट अघि बढ्ने संकेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...