News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

चितवन– कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका-८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर...बाँकी

धादिङको किन्ताङफेदीबाट हातहतियार सहित २ जना पक्राउ

धादिङ -उत्तरी धादिङको खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले हात हतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् । खुकुरी, चाकु लगायतका...बाँकी

भारतीय सैन्यचिफ र पत्रकारलाई रमेश प्रसाईको अग्रेजीमै राम्रो झापड (भिडियोसहित)

काठमाण्डौ – नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नया राजनैतिक नक्सा जारी गरेपछि भारतका संचार माध्यमहरुले नेपाल विरुद्ध भ्रामिक समाचार प्रसारण गरिरहेका भारतीय पत्रकार र भारतीय सैन्यचिफलाई धरानदेखि रमेश प्रसाईले गतिलो...बाँकी

मिनेन्द्र रिजालको अन्तर्वार्ता लिएका इन्डियन पत्रकारबिरुद्द मुद्दा

काठमाडौ । नेपाल सरकारले जारी गरेको राजनैतिक नक्साबारे नेपाली काग्रेस नेता डा. मिनेन्द्र रिजालसँग केही दिन अगाडी अन्तरवार्ता लिएका इन्डियन पत्रकार अर्बन गोस्वामी बिरुद्द मुद्दा चल्ने भएको छ । उनले संचालन गरेका टेलिभिजन कार्यक्रमका व्यानरमा समेत...बाँकी

कोरोना संक्रमित आइसोलेसनको ढोका फोडेर फरार

जनकपुर —जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन् । वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी...बाँकी

एकैदिनमा भारतमा ६ हजार ७ सय कोरोना संक्रमण

काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण...बाँकी

कर्णालीका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्। स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्। कोरोना महामारी रोकथामका लागि सहयोग होस्...बाँकी

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

भक्तपुर– प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जीबन खनाल, भक्तपुर गोलमडी बस्ने...बाँकी

गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु

जाजरकोट – शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।...बाँकी

असई कार्कीको शव पोष्टमार्टम गर्न त्रिवि लगियो

काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको...बाँकी