News Portal

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

हिमाली संचार संवाददाता
३२५ पटक
२०७७ जेठ जेठ ११ आइतबार

भक्तपुर– प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जीबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु रसूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका हुन् ।
भक्तपुर,सूर्यविनायक नगरपालिका-६ घलातेचोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका विकेसलेउ क्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...